काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिना (साउन-माघ)मा काठमाडौं उपत्यकामा झण्डै पौने १२ हजार कार दर्ता भएका छन् ।
यातायात व्यवस्था कार्यालय सानाठूला सवारी, एकान्तकुना (ललितपुरमा) माघ मसान्तसम्म ११ हजार ७३२ वटा कार, जीप भ्यान दर्ता भएका हुन् ।
कार्यालयका अनुसार यस अवधिमा ६ हजार ३९४ युनिट विद्युतीय र ५ हजार ३३८ युनिट कम्बस्चन कार दर्ता भएका हुन् ।
त्यस्तै, ७ महिनामा कुल २ हजार ४८६ युनिट कमर्शियल गाडी दर्ता भएका छन् । माघसम्म ७४६ युनिट बस, ३७६ युनिट मिनिबस/मिनिट्रक, २४ युनिट माइक्रोबस, ७६८ युनिट ट्रक/टिपर/ट्यांकर र ५७२ युनिट क्रेन/एस्काभेटर/लोडर दर्ता भएको कार्यालयको तथ्यांक छ ।
चालु आवको ७ महिनामा यस कार्यालयमा कुल १४ हजार २१८ युनिट सवारीसाधन दर्ता भएका हुन् ।

