पुरानोसँग नयाँ फक्सवागन गाडी साट्न सकिने योजना सार्वजनिक

काठामडौं। फक्सवागन नेपालले पुरानासँग नयाँ फक्सवागन गाडी साट्न सकिने एक्स्चेन्ज योजना ल्याएको छ। फक्सवागन कारको नेपालको लागि आधिकारिक बितरक पूजा इन्टरनेसनलले माघ १८ गतेदेखि लागू हुनेगरी ‘स्वीच टू प्रिमियम कार कल्चर’ एक्स्चेन्ज योजना ल्याएको हो ।

योजनामा फक्सवागनका गाडी खरिद गर्ने ग्राहकले पुरानो गाडीमा बजारमा पाउने मूल्यांकनभन्दा राम्रो मूल्यांकन पाउने कम्पनीको दावी छ।

यसैगरी योजना अवधिभर ग्राहकहरुले विभिन्न अतिरिक्त सुविधाहरु पनि प्राप्त गर्न सक्नेछन्। यस्तै निःशुल्क एक्सेसरिजहरू, फक्सवागनका ग्राहकलाई विशेष लोयल्टी बोनसलगायतका सेवाहरु प्रदान गरिने कम्पनीले जनाएको छ। योजना अन्तर्गत तीनजना भाग्यशाली ग्राहकहरुले लक्जरी रिसोर्टमा स्टेकेसन प्याकेज पनि जित्न सक्नेछन्।

पुजा इन्टरनेशनलले फक्सवागनका पोलो, टाइगुन, अलस्पेस र टाउरेग भेरियन्टहरू देशभर विक्री बितरण गर्दै आएको छ ।

कम्पनीले २ वर्षको अनलिमिटेड किलोमिटर वारेन्टी र प्रत्येक कारमा ३ वर्षको पेन्ट वारेन्टी उपलब्ध गराउने गरेको छ।

यो योजना फक्सवागनको देशभरी रहेका शोरुमहरुमा संचालन हुने बताइएको छ।


Back_to_top