काठमाडौं । विश्व अटोमोवाइल बजारमा आफ्नो पहुँच र प्रभाव गुमाउँदै गएको जर्मन ब्राण्ड फक्सवागेनले सबैभन्दा सस्तो इलेक्ट्रीक कार बजारमा ल्याउन लागेको हो । कम्पनीले ल्याउने नयाँ मोडलको स्केच बाहिर आएसँगै सस्तो मोडलको चर्चा सुरु भएको हो ।
मास मार्केटमा बिक्री संख्या घट्दै गएसँगै कम्पनीले नाम घोषणा नगरेपनि विश्वभर आइडी-वान नामबाट नयाँ मोडल बजारमा आउने अनुमान गरिएको छ । कम्पनीले ल्याउने नयाँ मोडलको मूल्य २० हजार ८०० अमेरिकी डलर हाराहारी हुनेछ ।
‘उपभोक्ताले सहजै किन्न सक्ने मूल्य, उच्च गुणस्तरको उत्पादन र कम्पनीको लागि फाइदा बनाउन सक्ने मोडलको रुपमा आइडी-वान ल्याउने छौं’, फक्सवागेनका सीईओ थोमस स्काफरले भने ।
स्काफरका अनुसार आगामी मार्चमा आइडी-वानको कन्सेप्ट भर्सन बाहिर ल्याउने जनाएका छन् । अहिलेसम्म फक्सवागेनले नयाँ ईभीमा रहने फिचर, ब्याट्री, मोटर लगायतका कुनै पनि विषयमा जानकारी बाहिर ल्याएको छैन । तर, विश्व बजारमा प्रभाव पार्नेगरी नै नयाँ मोडल आउने अनुमान गर्न सकिन्छ ।


