५ लाख मूल्य फरक रहेको एवोन-भी इलाईट र लग्जरीमा कति फरक ?

काठमाडौं । सिजी मोटर्सले ‘जीएसी एवोन-भी’को बिक्री सुरु गरेको दुई हप्ता भएको छ । इलाईट र लग्जरी दुई भेरियन्टमा नेपालमा बिक्री भइरहेको एवोन-भीमा सेमग्मेन्टमै लग्जरी फिचरहरु छन् । इलाईट भेरियन्टको मूल्य ६४ लाख ९९ हजार र लग्जरी भेरियन्टको ६९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

मूल्यमा ५ लाखको फरक रहेको एवोन-भीमा मुख्य फरक ब्याट्री साइजमा ठूलो फरक छ । एवोन-भी इलाईटमा ६२.७ किलोवाट आवरको ब्याट्री छ भने लग्जरीमा ७५.३ किलोवाट अवारको ब्याट्री छ । दुई भेरियन्टको रेन्ज पनि क्रमशः ५२० र ६५० किलोमिटर रहेको एनइडीसीले प्रमाणित गरेको छ ।

दुबै भेरियन्टमा समान १०० किलोवाटको मोटर छ । त्यसैले ब्याट्रीप्याकको अलावा यी दुई भेरियन्टमा एक्टेरियर, इन्टेरियर तथा सेफ्टी फिचर समान छन् ।

तर, यी दुई भेरियन्टको क्याविन फिचरमा भने फरक रहेको छ । ईलाइट भेरियन्टमा पीभीसी सिटकभर रहेको छ । लग्जरीमा लेदरेट सिट कभर दिएको छ । त्यस्तै लग्जरी भेरियन्टमा ड्राइभर र फ्रन्ट प्यासेन्जरको लागि एट प्वइन्ट मसाज सिट दिइएको छ ।

सेग्मेन्टमै पहिलो फिचरको रुपमा लग्जरी भेरियन्टमा इनब्यूल्ट रेफ्रिजेरेटर समेत पाउन सकिन्छ । लग्जरी भेरियन्टमा लाइट सहितको ठूलो साइजको भ्यानिटी मिरर र पीएम २.५ सेन्सर दिएको छ । यी फिचरहरु इलाईट भेरियन्टमा छैन ।

जीएसीको एवोन-भी आफ्नो डिजाइन, लुक्स र प्रेजेन्टेसनको कारण चर्चा कमाइ रहेको मोडल हो । कम्पनीका अनुसार एवोन भीमा २३ प्रकारका टेक्नोलोजी फिचर र ८ प्रकारका कोर यूजर भ्यालू पाउन सकिन्छ । सेल्फ इभल्भीङ एआई ककपीट, एडीगो सेन्स, एआई मोडल प्रयोग भएको कारण चालकले धेरै कुरा गाडीको सिस्टमसँग गर्न सक्नेछन् ।

एवोन-भी मोडललाई कम्पनीले ४०० भोल्ट आर्किटेक्चरमा उत्पादन गरेको भएपनि ६० प्रतिशत चार्जिङ टाइम कटौती गर्न सक्षम भएको दावी गरेको छ । अहिले यसमा प्रयोग भएको सिएटीएलको ब्याट्रीलाई १५ मिनेट चार्ज गर्दा ३७० किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।


Back_to_top