काठमाडौं । दोस्रो संस्करणको ‘वाडा अटो शो २०२६’ आगामी चैत ११ गतेदेखि सुरू हुने भएको छ ।
पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसन (वाडा)ले चैत ११ देखि १५ गतेसम्म उक्त अटो शो आयोजना गर्ने भएको हो ।
वाडाका अनुसार अटो शो पोखरा लेकसाइड, तालबराही चोकस्थित खेल मैदानमा आयोजना हुनेछ ।
अटो शोको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेज (जेम्स ईभेन्टस्)ले गर्ने छ । अटो शोको स्टल बुकिङ चाँडै खुलाइने वाडाले जनाएको छ ।
वाडा अटो शो २०२६ मा साना, मझौला तथ ठूला सवारी साधन, पार्ट पुर्जा, लुब्रिकेन्ट, टायर, वित्तिय संस्था, तथा अन्य सबै सरोकारवाला व्यवसायी कम्पनीहरूले सहभागिता जनाउने छन् ।

