काठमाडौं । चिनियाँ मोटर उत्पादक कम्पनी विलिङले विङ्गो प्लस मोडल सार्वजनिक गरेको छ । कम्पनीले चिनियाँ बजारमा सार्वजनिक गरेको विलिङ विङ्गो प्लसको सिधा प्रतिस्पर्धा नेटा भीसँग हुने देखिएको हो ।
नेटा भीसँग यसको तुलना हुनुको पहिलो कारण साइज, मोटर पावर र ब्याट्री हो । कम्पनीले यसलाई ४०९० एमएम लम्बाई, १७२० एमएम चौडाई र १५७५ एमएम उचाईमा ल्याएको छ । जुन विलिङ कै विङ्गो मोडलभन्दा ठूलो हो ।
विलिङले विङ्गो प्लस मोडलमा ७५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । यसले अधिकतम १८० एनएम टर्क प्रदान गर्छ । ब्याट्री भने यसमा ५०.६ किलोवाट आवरको छ । यसले सिंगल चार्जमा ५१० किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ ।
कम्पनीले आधिकारीक रुपमा यसको तस्बिरहरु बाहिर ल्याएपनि मूल्यको विषयमा कुनै जानकारी दिएको छैन । सम्भवत चीनमा यसको सुरुवाती भेरियन्टको मूल्य १२ हजार ५०० अमेरिकी डलर कायम गरिएको छ ।
विङ्गो प्लस मोडलको कम्पार्टमेन्टमा थुप्रै सामान राख्ने साना स्टोरेजहरु पाउन सकिन्छ । फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, चार एयरब्याग, इलेक्ट्रोनिक्स भेहिकल स्टेविलिटी सिस्टम, अटोमेटीक पार्किङ, हिल स्टार्ट एसिस्ट जस्ता सुरक्षा फिचर पाउन सकिन्छ । कम्पनीले यसलाई ३० मिनेटमा ५० प्रतिशत चार्ज गर्न सक्ने जनाएको छ ।
नेपाली बजारमा ईभी मोटर्स नेपालले बिक्री गर्दै आएको विलिङको ह्याचव्याक मोडल विङ्गो भने चाँडै ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ । यो क्रसओभर मोडल इन्डोनेशियामा बिक्री सुरु भएपछि मात्रै नेपाल आउने सम्भावना रहेको छ ।