‘एक्सपल्स राइडर्स नेपाल’ दोस्रो वर्षमा प्रवेश, पुरानै कार्य समितिलाई निरन्तरता

काठमाडौं । एक्सपल्स २०० राइडरहरूको संस्था ‘एक्सपल्स राइडर्स नेपाल’ले आफ्नो पहिलो वार्षिक उत्सव तथा पहिलो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

संस्थाले शनिबार काठमाडौं जर्सिङपौवामा एक कार्यक्रम आयोजना गरी आफ्नो वार्षिक उत्सव मनाएको हो । उक्त कार्यक्रमको उद्धघाटन नेपालका अध्यक्ष गोविन्द भट्टराईले गरेका थिए ।

साथै, संस्थाले वार्षिक साधारण सभा समेत सम्पन्न गरेको छ । पहिलो वार्षिक साधारण सभाले तदर्थ कार्यसमितीलाई निममितता दिने प्रस्ताव पारित गरेको छ ।

एक्सपल्स राइर्डस नेपालले आन्तरिक पर्यटन प्रवद्धन तथा रोड सेफ्टीमा काम गर्दै आएको र आगामी दिन यो कार्यलाई अझै निरन्तर दिनेमा जोड दिने क्लबका अध्यक्ष कुन्दन श्रेष्ठले जानकारी दिए ।

एक्सपल्स राइडर नेपाल क्लब प्रदेश खेलकुद विकास परिषदमा दर्ता भएर आधिकारिक रुपमा संचालनमा रहेको बताउँदै क्लबमा आबद्ध हुने राइडरको संख्या ६० भन्दा धेरै भएको श्रेष्ठले बताए ।

एक्सपल्स राइडर्स नेपालका अध्यक्ष कुन्दन श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभामा काठमाडौं लेजेन्डका अध्यक्ष प्रमोद श्रेष्ठ (गुफी), नासाका सह-कोषाध्यक्ष कमला क्षेत्री, मोटर स्पोर्टस नेपाल क्लबका उपाध्यक्ष आशिष रौनियार, नेपाल टूरिजम फेस्टिभलका संस्थापक विष्णु विवेक लगायतको सहभागिता थियो ।


Back_to_top