नयाँ प्रविधिसहित यामाहाका दुई मोडल, दुर्घटनामा मृत्यू सून्य गर्ने क्षमता

काठमाडौं । जापानी अटोमोवाइल कम्पनी यामाहाले दुई नयाँ इलेक्ट्रीक साधन प्रदर्शनी गर्ने भएको छ । दुई पाङ्ग्रे सवारीसाधन उत्पादनमा अग्रणी कम्पनी यामाहाले एउटा इलेक्ट्रीक मोटरसाइकल र अर्को इलेक्ट्रीक स्कुटरको कन्सेप्ट देखाउन लागेको हो ।

जापानमा हुने मोबीलीटी शो अगाडि नै यामाहाले यी दुई मोडल देखाउँदै मोविलीटी शो अगाडि नै ई–एफभी इलेक्ट्रीक मिनी रेस बाइक र इलोभ सेल्फ ब्यालेन्सिङ्ग स्कुटरको कन्सेप्ट सार्बजनिक गरेको हो । यी दुबै मोडल मोबीलीटी शोमा प्रदर्शनी हुनेछन् ।

यामाहाले इलेक्ट्रीकसँगै नयाँ प्रविधि पनि प्रयोगमा ल्याउन लागेको हो । कम्पनीले ई–एफभी इलेक्ट्रीक मिनी रेस बाइकलाई भ्वाइस कमान्ड मार्फत गुडाउन सकिने कम्पनीको दावी छ ।

यामाहाले यी दुबै मोडलमा नयाँ टेक्नोलोजी प्रयोग गरेका कारण चलाउन निकै आरामदायी र सहज हुने विश्वास ब्यक्त गरेको छ । कम्पनीले ल्याउने नयाँ इलेक्ट्रीक स्कुटरमा सेल्फ ब्यालेन्सिङ्ग टेक्नोलोजी प्रयोग भएको छ । यसलाई यामाहाले आफैँ विकास गरेको हो ।

‘एड्भान्स मोटरसाइकल स्ट्याबिलिटी एसिस्ट सिस्टम‘को प्रयोगलाई तिब्रता दिदै सन् २०५० सम्ममा दुई पाङ्ग्रे दुर्घटनाबाट हुने मृत्यूलाई सून्यमा झार्ने यामाहाले योजना बनाएको छ ।

स्पोर्टस् र कम्यूटर बाइक निर्माणमा महारथ हासिल गरेको जापानी उत्पादकले विद्युतीय साधन उत्पादनमा पनि हात हालेको छ । कम्पनीले अहिले इलेक्ट्रीक स्कुटर विभिन्न देशमा बिक्री थालेको छ ।

नयाँ देखाइएको स्कुटर र मोटरसाइकलमा दिइएको ब्याट्री, मोटर, मूल्य लगायतका विषयमा कम्पनीले कुनै पनि कुरा बाहिर ल्याएको छैन ।


Back_to_top