काठमाडौं । सन् २०१८ मा अमेरिकी सहर आहायोमा स्थापना भएको इलेक्ट्रीक मोटर कम्पनी लड्सटाउन मोटर्स कम्पनीको शेयर उक्त कम्पनीका फाउण्डर सीईओ स्टीभ वर्नसले खरिद गर्ने भएका छन् । टाट पल्टीएको अमेरीकी इलेक्ट्रीक ट्रक उत्पादन कम्पनी लड्सटाउन मोटर्सलाई स्टीभले १० मिलियन डलरमा खरिद गर्ने भएका हुन् ।
लड्सटाउन कम्पनीले केही दर्जन पीकअप ट्रकहरु उत्पादन गरी बजारमा बिक्रीसमेत गरेको थियो । कम्पनीले बिक्री गरेको २ वटा पीकअप सेफ्टी रिकलमा पनि परेको थियो । साथै, उसको एक ट्रकमा आगलागीसमेत भएको थियो ।
इलेक्ट्रीक कमर्शियल ट्रक उत्पादन गर्न भन्दै स्थापना भएको कम्पनीका उत्पादनले सफलता नै पाउन सकेन । अमेरिकी बजारमा यो कम्पनी खरो उत्रन फोर्ड र जनरल मोटर्ससँग प्रतिस्पर्धा गर्नु पर्ने थियो ।
कम्पनीका सीईओ वर्नससँग कम्पनीको करिब २५ प्रतिशत शेयर रहेको थियो । उनले उक्त समयमा बैंकरप्सी फाइल गर्ने अघिल्लो दिनसम्ममा शेयर बिक्री गरेर ६० मिलीयन डलरभन्दा धेरै कमाएका थिए ।
यो कम्पनीको बारेमा इन्भेस्टमेन्ट रिसर्च फर्म हाइडनबर्गले सन् २०२१ को मार्चमा एउटा लामो रिसर्च रिपोर्ट प्रकाशित गरेको थियो । उसले रिपोर्टमा लड्सटाउनले फ्रड गरेको प्रमाण समेत प्रकाशित गरेको थियो ।
उक्त रिपोर्टमा कम्पनीले आफ्नो उत्पादनको फर्जी अर्डर देखाएर लगानीकर्तालाई झुक्काएकोे खबर छापिएको थियो । रिपोर्ट सार्वजनिक भएपछि लड्सटाउनको शेयर मूल्यमा १७ प्रतिशतसम्म गिरावट आएको थियो ।
उक्त घटानापछि कम्पनीबाट बाहिरिएका वर्नसले अहिले आएर टाटा उल्टेको कम्पनी खरिद गर्न लागेका हुन् ।