दुई ब्याट्री अप्सनमा OMODA-5 ईभी नेपाल आउने

काठमाडौं । चिनियाँ ब्राण्ड चेरीले आफ्नो इलेक्ट्रीक एसयूभी OMODA-5 को बारेमा नेपाली बिक्रेता र संचार माध्यमहरुलाई अनलाइन मार्फत प्रोडक्ट ब्रिफिङ गरेको छ । चेरीले अक्टोबर ९ तारिखमा OMODA-5 को अनलाइन ब्रिफिङ कार्यक्रम गरेको थियो ।

ओमोडाका सीएमओ लिलियन जिओंग र ओमेडाका प्रबन्ध निर्देशक कायपानद्वारा संचालित अनलाइन ‘लाइभस्ट्रीम’ कार्यक्रम चीनबाटै संचालन भएको थियो । जहाँ नेपाली मिडियाका प्रतिनिधि र शारदा समूहका विशिष्ट अतिथिहरू सहभागि थिए ।

चेरीको OMODA-5 ईभी क्रस ट्यागलाइनमा तयार भएको आधुनिक फिचर लोडेड एसयूभी हो । जसले वातावरणीय क्षेत्रमा निकै ठूलो भूमिका खेल्ने कम्पनीको दावी छ ।

निकै स्टाइलिस डिजायनमा तयार भएको कारण ओमोडा ५ इलेक्ट्रीक एसयूभीले डिजाइनमा नै एउटा क्रान्तिकारी परिवर्तन ल्याउने दावी गर्दै कम्पनीले यसलाई ‘लाइट अफ मुभमेन्ट’ भनेको छ ।

OMODA-5 को बाहिरी भागमा स्पोर्टी ‘एक्स’ आकारको फ्रन्ट फेस छ । यो हावा प्रतिरोधका लागि अनुकुल छ । जसको सहायताले सन्तुलन कायम राख्न सहयोग गर्छ ।

चेरीले यसमा स्मार्ट र निकै हलुका तौलको ब्याट्री दिएको दावी गरेको छ । त्यहि कारण ब्याट्रीको आयु बढाउँछ र भिटुएल प्रविधि मार्फत रेन्जको चिन्तालाई हटाउँछ ।

कम्पनीले यसमा ८१५५ क्वालकम स्मार्ट चिप, १६ प्रकारका एडीएएस सोनी स्पिकर र असिस्टेड ड्राइभिङ सुविधाले OMODA-5 ईभीलाई उत्कृष्ट बनाएको कम्पनीको दावी छ ।

चेरीकाे OMODA-5 दुई ब्याट्री अप्सनमा उपलब्ध हुन्छ । सुरुमा ६१ किलोवाट आवरको ब्याट्री र पछि ४० किलोवाट आवरको ब्याट्रीमा यसलाई नेपाली बजारमा ल्याउने छ ।

कम्पनीले यसलाई सुरुमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा नेपाल ल्याउने छ । साथै, ग्राहकको माग अनुसारको मोटरमा पनि यसलाई उपलब्ध गराउन सकिने कम्पनीको भनाई छ ।

विद्युतीय साधनको लागि आवश्यक पूर्वाधार निर्माणमा पनि आधिकारीक बिक्रेता र उत्पादक बीच सहकार्य हुने बताइएको छ । त्यसको लागि आगामी दिनमा चार्जिङ पूर्वाधार निर्माण र सेवा केन्द्रको बिस्तार प्राथमितामा पर्ने बताइएको छ ।


Back_to_top