यामाहाको चर्चित R15-V3 मोटरसाईकल आउँदै, यस्ता छन् फिर्चस र मूल्य

काठमाडौं । यामाहा आर–१५ भी ३ तेस्रो पटक मुख्य परिर्वतन गरेर बजारमा आउने तयारी गरिरहेको छ । सन् २००८ मा पहिलोपटक आएको यो स्पोर्ट बाइक निकै लोकप्रिय रहेको रहँदै आएको छ । 

यो वाईकले दक्षिण एसियाली बजारमा मोटर साईकलको परिभाष नै परिर्वतन गरेको मान्नेहरु समेत पाइन्छन् । यो तेस्रो संस्करणमा आईपुग्दा वाइकको बाहिरी डिजाइनमा निकै परिर्वतन गरिएको छ । थुप्रै नयाँ फिचर थप भएर आएको यो वाइक भारतीय बजारमा आईसकेको छ भने नेपाली बजारमा आउने तयारीमा रहेको छ । भी ३ मा आइपुग्दा बाइकको परर्फरमेन्समा समेत निकै सुधार गरिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । 

यसमा प्रयोग भएको सिटसमेत निकै आरामदायी र ओभरअल चालकलाई संन्तुष्ट गर्ने रहेको जनाइएको छ । 

यस्ता छन् फिचर 

यामाहा आर१५ भी३ वाइक १५५.१ सिसि फ्युल इन्जेक्ट इन्जिनको प्रयोग गरिएको छ, यसले म्याक्सीमम् पावर आउटपुट १९.०४ बिपिएच मा १०००० आरपीएम गर्छ । त्यस्तै टर्क आउट पुटमा १४.७ एनएम टर्कबाट ८५०० आरपीएम शक्ति प्रदान गर्छ । 

यो वाईकले टप स्पिड १४४ किलोमिटर प्रति घन्टाको दरले गति प्रदान गर्न सक्छ । यसमा एलइडी हेड ल्याम्प, अपसाइड डाउन फ्रन्ट फोर्कलगायतका फिचर रहेका छन् । 

६ स्पिड म्यानुयल गियर दिइएको यो वाइकले प्रतिलिटर ३५ देखि ४० किलोमिटरको दरले माइलेज दिने कम्पनीले जनाएको छ । 

३ कलर भेरियन्टमा आउन लागेको यो वाइक रातो, निलो र कालो कलरमा उपलब्ध हुन्छ ।

नेपालमा कहिले ?

नेपाली बजारमा मनपराइएको मोटरसाइकल मध्येमा पर्ने यसको परिकृत मोडल भदौमा मात्रै नेपाल आउने छ । नाडा अटो शोको अवसर पारेर नेपाली बजारमा ल्याउने तयारी भइरहेको नेपालको लागि यामाहाको आधिकारीक वितरक एमएडब्लु सम्बद्ध स्रोतले जानकारी दियो । यसको नेपाली बजारमा मूल्य ४ लाखको हाराहारीमा पर्ने अनुमान गरिएको छ । 


Back_to_top