यामाहाको नयाँ स्कुटर सार्वजनिक, मूल्य २ लाख ५५ हजार

काठमाडौं । यामाहाको बहु प्रतिक्षित स्कुटर रेजेडआर १२५ भर्चुअल प्लेटर्फमा सार्वजनिक भएको छ । अल न्यू यामाहा रे जेडआर १२५ एफआइलाई कम्पनीले पहिलो पटक भर्चुअल कार्यक्रम मार्फत् सार्वजनिक गरेकाे हो ।

उक्त समारोह यामाहा नेपालको औपचारिक युट्युब च्यानलबाट हिजाे साँझ ७ बजे प्रिमियर गरेकाे हाे ।

२०२० यामाहा रेजेड आर १२५ एफआई बीएस ६ मा कम्पनीले तुलनामा कस्मेटिक चेन्ज गरेको छ । यस्तै यसमा वाई सेपको लेड पोजिस्निगं लाईट, नयाँ डिजिटल इन्स्टुमेन्ट क्लस्टर, स्टप र स्टर्ट सिस्टम, स्मार्ट मोटर जेनेरेटर आवाज रहित सुरुवातको लागि, साईड स्टान्ड कटअफ स्विच र युनिफाइड ब्रेकिङ्ग फिचर उपलब्ध रहेको छ ।

साथै, यो स्कूटर फसिनो १२५ एफआई बीएस ६ जस्तै हल्का छ । यसको मूल्य २ लाख ५४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

यसका साथै यामाहा नेपालको सोही समारोहमा सहभागी मध्ये एक जनाले नयाँ रे जेडआर १२५ एफआइका जितेका छन्र ।


Back_to_top