यामाहाले ल्याउदै नयाँ माेटरसाइकल, सार्वजनिक भयाे भिडियाे

काठमाडौं । यामाहाले नयाँ मोटरसाइकल बजारमा ल्याउने भएको छ । यामाहाले नयाँ मोटरसाइकल चाँडै आउँदै भन्ने भिडियो टिजर सार्वजनिक गर्दै नयाँ मोटरसाइकल तयार भएको सन्देस दिएको हो । तर, कम्पनीले नयाँ मोटरसाइकलको कुनै पनि भाग भने देखाएको छैन ।

कम्पनीले आर सिरिजमा नयाँ मोटरसाइकल चाँडै आउने भनेसँगै यसको आँकलन सुरु भएको छ । यामाहाको आर सिरिज मोटरसाइकल स्पोर्टस् डिजाइनमा निर्माण हुनेछ ।

कम्पनीले आफ्नो ‘वाइजेडएफ-आर७’ को नामबाट नयाँ मोटरसाइकल ल्याउने अनुमान गरिएको छ । यसमा प्रयोग हुने इन्जिन एमटी-१५ बाट लिने अनुमान गरिएको छ । यदि त्यहि इन्जिन हुने हो भने यसमा ६८९ सीसी क्षमताको प्यारलल् ट्वीन इन्जिन उपलब्ध रहने छ ।

यामाहाको आर सिरिजका मोटरसाइकल नेपाली बजारमा पनि यामाहाको आधिकारीक वितरक एमएडब्लु इन्टरप्राइजेजले विक्री वितरण गर्दै आएको छ । यस्तोमा नयाँ मोटरसाइकल नेपाल आउने वा नआउने विषयमा अहिल्यै भन्न सक्ने अवस्था छैन ।


Back_to_top