रेनो डस्टरपनि ७ सिट क्षमतामा आउने

काठमाडौं । रेनोले आफ्नो पहिलो ७ सिट क्षमताको नयाँ एसयूभी बजारमा ल्याउने अन्तिम तयारी गरिरहेको देखिएको छ । कम्पनीले आफ्नो चर्चित एसयूभी डिका/डस्टरमा आधारित रहेर नयाँ एसयूभी ल्याउन लागेको हो ।

पछिल्ला दिनमा हुन्डाई, टाटा जस्ता कम्पनीले ७ सिट क्षमताको एसयूभी बजारमा ल्याएको अवस्थामा रेनोको नयाँ ७ सिटर एसयूभीको भिडियो सुटिङको क्रममा तस्विरहरु बाहिर आएका हुन् ।

केनरी आइसल्याण्डमा भिडियो सुटिङको क्रममा देखिएको एसयूभी ड्यूल टोन कलरमा अलोय ह्वील देखिएको छ । तीन वटा सिटको लाइन दिइएको यो एसयूभीमा रुफरेल, व्ल्याक बी पिलर र ग्रे कलरमा रियर भ्यू मिरर क्याप, बडी कलर डोर ह्याण्डल, क्रोमयुक्त रेनोको चर्चित ग्रिल, सार्प हेडल्याम्पसँगै जोडिएको एलइडी डे टाइम रनिङ लाइट देख्न सकिन्छ ।

कम्पनीले ‘आरजेआई’ कोड नेम दिएर बनाइरहेको यो एसयूभीमा एलइडी लाइटिङ टेक्नोलोजी, लेटेस्ट टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम, टु ह्वील र अल ह्वील ड्राइभिङ सिस्टमको साथ डिजेल र पेट्रोल दुई इन्जिन अप्सनमा आउने छ ।

विश्वका धेरै बजारमा रेनो डिकाको नामबाट विक्री हुने यो गाडी केहि देशमा डस्टरको नामबाट विक्री वितरण हुने छ । यसमा रहेको इन्जिनको क्षमताको विषयमा कुनै जानकारी आएको छैन ।


Back_to_top