नेपालमा सार्वजनिक हुने तयारीमा रहेको होन्डा हाइनेसको मूल्य बढ्यो

काठमाडौं । नेपालमा सार्वजनिक हुनु अगावै होन्डा सीबी हाइनेसको मूल्य वृद्धि भएको छ । नेपालमा सार्वजनिक हुने तयारीमा रहेको मोटरसाइकलको भारतमा मूल्य वृद्धि भएको हो ।

केही समयमा नै नेपालमा सार्वजनिक हुने तयारीमा रहेको सीबी हाइनेस ३५० को मूल्य वृद्धि भएका हो । कोभिडका कारण सीबी हाइनेसको सार्वजनिक हुने मिति समेत पछाडि धकेलिएको छ ।

सीबी हाइनेसको मूल्य ३ हजार ४०० भारतीय रुपैयाँले मूल्य बढेको हो । यसले नेपाली बजारमा समेत होन्डा सीबी हाइनेसको मूल्यमा असर गर्न सक्नेछ ।

होन्डा सीबी ३५० मा राउन्ड हेडल्याम्प, सिंगल पोड इन्स्ट्रुमेन्ट क्लस्टर, क्रोम फेन्डर्स र क्रोम फिनिस एक्जस्ट दिएको छ । कम्पनीले यसलाई दुई भेरियन्ट डीएलएक्स र डीएलएक्स प्रोमा ल्याएको छ ।

डीएलएक्स प्रो भेरिएन्टमा ड्युअल टोन पेन्ट स्किम र होन्डा स्मार्टफोन भ्वाइस कन्ट्रोल सिस्टम, ड्युअल च्यानल एबीएस, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर उपलब्ध रहेको छ ।

हाइनेस सीबी ३५० मा ३४८.३६ सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले २०.८ बीएच पावर र ३० एनएम टर्क जेनेरेट गर्छ ।


Back_to_top