काठमाडौं । जोन्टेस मोटरसाइकलले दशैं स्कीम सार्वजनिक गरेको छ । कम्पनी फेस्टिभ सिजनको अवसरमा नगद छुट सहितको दशैं स्कीम सार्वजनिक गरेको हो ।
जोन्टेश मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता आइरन मंकले मोडल अनुसार नगद छुटसहित एक्सचेन्ज, फाइनान्स तथा विभिन्न उपहारसहितको फेस्टिभ स्कीम सार्वजनिक गरेको हो ।
कम्पनीले ल्याएको स्कीममा ग्राहकले १२५ सीसी र १५० सीसी मोटरसाइकलमा १० हजार नगद छुट तथा कभचको हुडी निःशुल्क उपलब्ध गराउने भएको छ । त्यस्तै, ३१० सीसी र ३५० सीसीका मोटरसाइकलमा भने २० हजार नगद छुटसहित कभच राइडिङ ज्याकेट उपलब्ध गराउने भएको छ ।
यसका अलावा ग्राहकले कुनै पनि ब्रान्डका पुराना मोटरसाइकलसँग जोन्टेसका नयाँ मोटरसाइकल साट्न सक्नेछन् । नगदमा मोटरसाइकल किन्न नचाहाने ग्राहकहरुलाई सहजै फाइनान्स सुविधामा जोन्टेसका मोटरसइकल उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
जोन्टेस ३५० खरिद गर्ने ग्राहकले भने फेस्टिभ स्कीमका अलावा पेनियर सेटसमेत निःशुल्क प्राप्त गर्नेछन् ।

