काठमाडौं । यामाहाका स्कुटरभन्दा अप्रिलियका स्कुटर कम मूल्यमा किन्न सकिने भएको छ । दुडग ग्रुपले यामाहाका स्कुटरभन्दा इटालीयन ब्रान्डकाे अप्रिलियाका स्कुटर कम मूल्यमा बिक्री गर्दै आएको छ ।
दुगड ग्रुपले केही समय अगाडि भेष्पा तथा अप्रिलियाका स्कुटरको डिलरशिप गुमाएसँगै कम्पनीले आफूसँग स्टक भएको स्कुटरहरू कम मूल्यमा बिक्री गर्दै आइरहेको छ ।
कम्पनीले दशैं स्कीम भन्दै नगद ४० हजार छुटमा अप्रिलियाका स्कुटरहरू बिक्री गर्दै आएको छ । कम्पनीले चार्ट नै बनाएर यामाहा र अप्रिलिया स्कुटरको मूल्य तुलना गरेको छ ।
भेष्पा अप्रिलिया नेपाल फेसबुक पेजमा गरिएको पोष्टमा यामाहाभन्दा कम मूल्यमा अप्रिलिया स्कुटर पाइने बताइएको छ । अप्रिलियाका ४० हजार छुटपछि अप्रिलिया भी स्ट्रोम १२५ स्कुटर २ लाख ३३ हजार ९०० रुपैयाँ, एसआर १२५ स्कुटर २ लाख ४३ हजार ९०० रुपैयाँ र एसआर १६० स्कुटर २ लाख ९४ हजार ९०० रुपैयाँमा किन्न सकने छ । त्यस्तै, यामाहाका स्कुरको सुरूआती मूल्य २ लाख ६७ हजार ९०० रुपैयाँ रहेको बताइएको छ ।

कम्पनीका अनुसार यो स्कीममा दुगड अन्तर्गतको काठमाडौं, बालाजु र टेकुको शोरुमका साथै उपत्यका बाहिरका शोरुमबाट उपलब्ध हुनेछ । यो अफर सीमित अवधिसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।
दुगड ग्रुपले गुमाएको अप्रिलिया भेष्पाको डिलरशिप भने डेल्टा अटोकर्पले लिएर स्कुटरहरू बिक्री गर्दै आएको छ ।
डेल्टा अटोकर्पले स्कुटर ब्राण्डसँगै दुगड ग्रुप अन्तर्गतको भेष्पा अप्रिलया डिभिजनमा काम गर्ने सबै ७० जना कामदार समेत लगेको थियो । तर, दुगडले स्टक स्कुटर डेल्टालाई नदिई सस्तोमा बिक्री गरिरहेको डेल्टाका प्रतिनिधीले मेरोअटोलाई बताए ।

