काठमाडौं । चिनियाँ मोटरसाइकल उत्पादक कम्पनी जोन्टेसले नयाँ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको स्कुटर केटीएम ड्यूक १२५ भन्दा पावरफुल इन्जिनमा रहेको छ ।
जोन्टेसले यूरोपेली बजारलाई लक्षित गरेर जेटी १२५ एम स्कुटर सार्वजनिक गरेको हो । कम्पनीले म्याक्सी डिजाइनको आर्कषक लुक भएको यो स्कुटरमा एग्रेशिभ एलईडी हेडल्याम्प तथा डिआरएल दिएको छ ।
जेटी १२५ एममा १२५ सीसी लिक्वीड कुल्ड इन्जिन दिइएको छ । यसले १४.६ पीएस पावर जेनेरेट गर्छ यो पावर केटीएम ड्यूक १२५ को बराबर पावर हो ।
त्यस्तै यो स्कुटरको दुबै ह्वीलमा डिस्क ब्रेक, डबल च्यानल एबीएस, १४ इन्च अलाय ह्वील, टीएफटी स्क्रीन, कि–ले इग्निसन, यूएसबी पोर्ट जस्ता फिचर उपलब्ध छन् ।
फिचर र पावरका कारण चर्चामा रहेको यो स्कुटर नेपाल आउँला त ? नेपाली बजारमा जोन्टेस ब्राण्डको मोटरसाइकल विक्री सुरु भइसकेको छ । आइरन मंक प्रालिले जोन्टेसको नेपालका लागि आधिकारिक वितरकको जिम्मा लिएको छ ।
कम्पनीले हाल १५५ सीसी मोर्टाड एड्भेन्चरमा मोटरसाइकल विक्री सुरु गरिसकेको छ । भविष्यमा यो स्कुटरसमेत नेपाल ल्याउने अपेक्षा गर्न सकिन्छ ।