‘हुन्डाई आयोनिक फाइभ’बारे जान्नै पर्ने ११ रोचक तथ्य

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एक वर्षअघि नेपाल ल्याएको आयोनीक फाइभ सरकारले कर वृद्धि गरेसँगै विक्रीमा गिरावट आएको थियो । सुरुमा झण्डै ८१ लाख रुपैयाँबाट विक्री सुरु भएको आयोनिक फाइभ कर वृद्धिपछि १ करोड १७ लाख रुपैयाँ मूल्य पुग्यो । त्यहि कारण यसको विक्रीमा असर देखियो ।

नेपालमा विक्रीमा समस्या देखिएपनि विश्व बजारमा आयोनीकले थुप्रै अवार्ड जित्न सफल भएको छ । हुन्डाईले छुट्टै सब ब्राण्ड आयोनीक नै स्थापना गरेर यसलाई बजारमा ल्याएको थियो । यसले अन्तर्राष्ट्रिय बजारमा थुप्रै अवार्डसमेत हात पार्न सफल भएको छ ।

प्रिमियम क्रसओभर एसयूभीको रुपमा बजारमा उपलब्ध आयोनीक ५ सम्बन्धी विभिन्न ११ रोचक तथ्यहरु छन् । यसलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

१. हुन्डाई आयोनीक फाइभमा रहेको अगाडिको सिटमा रिलेक्सेसन मोड दिइएको हुन्छ । यसले सिटलाई इलेक्ट्रीकल्ली थोरै पछाडि सार्छ र ब्याकरेस्टलाई तल तिर धकेल्छ । त्यसपछि, उक्त सिटमा रहेको ओटोम्यानलाई उठाई तपाईको सिटलाई पूर्णरुपमा पछाडि सार्छ । यो प्रक्रियामा तपाईको पोजिसन एउटा बच्चालाई रकर सिटमा बसाए जस्तै हुन जान्छ ।

२. आयोनीक फाइभको अगाडिको सिटबाट पछाडिको सिट समायोजन गर्न सकिन्छ । त्यसकालागि अगाडिको प्यासेन्जर सिटको साइड बोलस्टरमा दुईवटा बटनहरू दिइएको छ । माथि उल्लेख गरिए अनुसार रिलेक्सेसन मोडका लागिपनि यसमा तेस्रो बटन पाउन सकिन्छ । यो बटन पछाडिको सिटमा बसेका व्यक्तिले सहजै अपरेट गर्न सक्छन् ।

३. हुन्डाई आयोनिक फाइभले भेहिकल–टू–लोड (भी–टु–एल) प्रदान गर्छ । यो प्रविधिले गाडीको ब्याट्रीको ८० प्रतिशतसम्म डिस्चार्ज गर्न सकिन्छ । गाडीबाट डिस्चार्ज गरिएको ब्याट्री तपाईँको गाडीको इन्फोटेनमेन्ट स्क्रिन मार्फत हेर्न र कति डिस्चार्ज गर्ने भन्ने लिमिट राख्न पनि सकिन्छ ।

४. कारलाई ड्राइभ गरेको अवस्थामा यदि कुनै कार वा बस्तु नजिक आएमा यसमा भएको भर्चुअल इन्जिन साउन्ड सिस्टम वा भीइएसएस प्रविधिको सहायात पाउन सकिन्छ । यसले पैदल यात्रीहरूलाई सचेत गराउन स्पेसशिपको जस्तो आवाज निकाल्छ ।

५.यसमा इको, नर्मल र ड्राइभ गरी ३ ड्राइभ मोडहरू दिइएको छ । यी मोडलाई स्टेयरिङ ह्वीलमा रहेको बटन मार्फत नियन्त्रण गर्न सकिन्छ । कुन मोडमा आफ्नो गाडी संचालन गर्ने सोहि अनुसार चालकले डिजिटल क्लस्टरमा सम्बन्धित ड्राइभ मोड डिस्प्ले गरिएको हुन्छ । यसले आफुले चयन गरेको ड्राइभ मोडको आधारमा रेन्जसँगै एसी टेम्परेचर र ब्लोअर स्पीड सेटिङमा पनि परिवर्तन गर्छ ।

६. गाडीको अगाडिको भागमा रहेको आर्मरेस्ट कन्सोल अगाडि र पछाडि स्लाइड गर्दा आर्मरेस्ट आफैं ठाउँमा फिक्स हुने गर्छ । यदि तपाईंले आफ्नो प्राथमिकता वा आवश्यकता अनुसार आर्मरेस्ट समायोजन गर्न चाहनुहुन्छ भने तपाईंले कन्सोललाई पूर्ण रूपमा सार्नुपर्छ ।

७. यसमा रहेको म्युजिक सिस्टम निकै रोचक छ । यसले अगाडिको भागमा रहेको स्पिकर मार्फत मात्र म्युजिक बजाउँछ । पछाडिको भागमा यदि बच्चा वा वृद्ध बसेको अवस्थामा यात्रा गर्दा पछाडि रहेको व्यक्तिलाई कुनै झर्को वा झन्झटमुक्त र आरामदायी यात्रा दिन यसो गरिएको कम्पनीको भनाई छ ।

८. इलेक्ट्रीक कारमा रहेको प्याडल–शिफ्टरहरू देख्दा अचम्म लाग्न सक्छ । यसले रि–जेनेरेटिभ ब्रेकिङ लेभल नियन्त्रण गर्छ । यसमा रहेको लेफ्ट प्याडलले रिजेन बढाउँछ भने दायाँ भागमा रहेको प्याडलले यसलाई बढाउँछ । यसमा रहेको बायाँ प्याडल थिच्ने र होल्ड गर्ने हो भने यसले ब्रेक जस्तै काम गर्दछ र कारलाई पूर्ण रूपमा रोक्न मद्धत गर्छ।

९. आयोनिक फाइभमा रहेको इलेक्ट्रीक सनरुफ सनशेड सामान्य देखिन्छन् । हुन्डाईले आफ्नो गाडीमा प्रयोग गरेको सनरुफलाई ’भिजन रुफ’ भनेको छ । यो एक फिक्स्ड ग्लास रुफ हो ।

१०.विश्व बजारमा केहि देशका लागि उपलब्ध आयोनिक फाइभमा रिमोट कीमा वाक–द–कार सुविधा रहेको छ । यसमा चाबीमा रहेका बटनको प्रयोग गरी चालक बिनानै कारलाई अगाडि÷पछाडि सार्न सकिन्छ । यो सुविधा विशेष गरी अफ्ट्यारो पार्किङ क्षेत्रमा उपयुक्त हुन्छ ।

११. आयोनिक फाइभमा रहेको स्टेयरिङ ह्वीलमा हुन्डाईको लोगो प्रयोग भएको छैन । यसमा केवल चारवटा थोप्लाहरू देख्न सकिन्छ । यसले मोर्स कोडको ’एच’ स्पेल गर्छ । एच अर्थात् हुन्डाई ।


Back_to_top