नेपाल आयो होन्डाको नयाँ बाइक, ७ दिनपछि सार्वजनिक हुने, यस्तो छ मूल्य

काठमाडौं । होन्डाले नाडा अटो शो २०१९ मा नयाँ मोटरसाइकल सीबी ४०० एसएफ प्रदर्शनी गर्ने भएको छ । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले सीबी ४०० नेपाल ल्याउन लागेको हो । 

सीबी ४०० मोटरसाइकलमा ३९९ सीसी लिक्वीड कुल्ड, फोर स्ट्रोक, डिओएचसी फोर भल्भ इन्जिन लगाइएको छ । यसले ११ हजार आरपीएममा ५३ हर्ष पावरका साथै ७५ सय आरपीएममा ४०.१८ एनएम टर्क उत्पादन गर्छ । 

सीबी ४००मा हाइटेन्सन स्टिल क्रेडल फ्रेम लगाइएको छ भने, फ्रन्टमा टेलिस्कोपीक फर्क र रियरमा सिंगल सस्पेन्सन सक दिइएको छ । फ्रन्टमा २९६ एमएम र रियरमा २४० एमएमको डिस्क ब्रेक लगाइएको छ ।

अटो शोमा राखिने सीबी ४०० को मूल्य २२ लाख ७५ हजार रुपैयाँ तोकिएको छ ।  

नाडा अटो शोमा होन्डा अन्य मोडल 

स्याकार ट्रेडिङले अटो शोमा एक्सब्लेड, ग्राजिया, डियो, एक्टीभा जस्ता मोटरसाइकल तथा स्कुटर प्रदर्शनी गर्ने जनाएको छ । 

होन्डा एक्सब्लेडमा फुल एलइडी हेडलाइट र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरजस्ता अत्याधुनिक फिचर उपलब्ध रहेका छन् । यसमा रेजर जस्तै किनारा भएको एलईडी टेल ल्याम्प छ, जसका कारण आफूभन्दा पछि आइरहेको अन्य सवारीसाधनले यसलाई राम्रोसँग देख्न सक्छन् । लनेपाली बजारमा यसको मुल्य २ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

यस्तै कम्पनीले डियो डिएलक्स स्कुटर पनि अटो शोमा राख्ने छ । उक्त स्कुटरमा एलईडी हेडलाइट र अल डिजिटल कन्सोल जस्ता विशेषता उपलब्ध रहेको छ । 

यसमा रहेको ११० सीसी एयरकुल्ड इन्जिनले ७.८ एचपी अधिकतम पावर र ८.९ एनएमको टर्क प्रदान गर्छ । यो स्कुटरको मूल्य २ लाख ३ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, कम्पनीले अटो शोमा होन्डा ग्राजिया स्कुटर राख्ने भएको छ । होन्डाले गत वर्ष सार्वजनिक गरेको ग्राजिया स्टाइलिस स्कुटरको रुपमा परिचित छ ।  

अटोमेटिक एलईडी हेडलाइट भएको यस स्कुटरमा थ्री स्टेप ईको स्पीड इन्डिकेटर  लगाइएको छ । होन्डाले एक्टीभामा प्रयोग गरेको १२५ सीसी एयरकुल्ड फोर स्ट्रोक इन्जिन नै यसमा पनि प्रयोग गरिएको छ । यसले ८.५२ बीएचपी पावर र १०.५४ एनएम टर्क प्रदान गर्छ । 

नेपाली बजारमा होन्डा ग्राजिया एसटीडीको मूल्य २ लाख ८ हजार ९ सय रुपैयाँ रहेको छ भने, ग्राजिया डिएलएक्स २ लाख २९ हजार ९ सय रुपैयाँ रहको छ ।

कम्पनीले अटो शोमा राख्ने भएको हर्नेट बाइकको मूल्य ३ लाख ३ हजार ९ सय र एक्सआर १९० बाइक ५ लाख ९४ हजार ९ सय रुपैयाँ रहेको छ । 


Back_to_top