यस्तो छ हुन्डाई भर्नाको फेसलिफ्ट मोडल

छिन्दु अटो शोमा सार्वजनिक गर्ने तयारी भइरहेको हुन्डाईको चर्चित सेडान कार भर्नाको तस्विरहरु बाहिर आएका छन् । कम्पनीको भर्ना फेसलिफ्ट लेटेष्ट जेनेरेशन सोनाटाबाट प्रभावित रहेको छ ।

कम्पनीले नयाँ भर्नाको अगाडिको भागलाई निकै एग्रेसिप बनाएको छ । यो कारलाई तस्विरमा पहिलेभन्दा स्टाइलिस र स्लीकर डिजाइनमा देख्न सकिन्छ । हुन्डाईको चर्चित क्यासकेडिङ ग्रिलको प्रयोग गरिएको भर्नामा क्रोम ट्रिम दिइएको छ । 

नयाँ प्रोजेक्टर एलइडी हेडल्याम्पको प्रयोग गरिएको भर्नामा पार्किङ ल्याम्प र टर्न इन्डिकेटर दिइएको छ । गाडिको बम्पर अल न्यू डिजाइन गरिएको छ ।

भर्ना फेसलिफ्टमा नयाँ अलोय ह्वीलको प्रयोग गरिएको छ । टप भेरियन्टमा भने डायमन कट अलोय ह्वील दिइएको छ । भर्ना फेसलिफ्टमा जति अगाडि परिवर्तन देख्न सकिन्छ त्यति नै पछाडिको भागमा पनि परिर्वतन गरिएको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । 

कारको बुट र पछाडिको भागमा पुरै नयाँ डिजाइन प्रयोग गरिएको छ । सथै, नयाँ कार रेगुलर मोडलको तुलनामा २५ एमएम लामो हुनेछ । यसमा दिइएको टच स्कृन इफोटेन्टमेन्ट सिस्टममा समेत परिवर्तन गरिएको छ । यसमा कम्पनीले भेन्यूमा दिएको नयाँ टच स्कृन दिएको हो । 

चिनियाँ बजारमा १.४ लिटर पेट्रोल इन्जिनमा आउने भर्ना भारत र नेपाली बजारमा भने १.५ लिटर पेट्रोल र डिजेल इन्जिनमा आउने छ । साथै पेट्रोल इन्जिन कारमा ४८ भोल्ट हाइब्रिड सिस्टम रहने छ । 


Back_to_top