भारतीय बजारमा मिडसाइज एसयूभी सेग्मेन्टमा कडा टक्कर सुरु भएको छ । कुनै समय हुन्डाई क्रेटा, निसान टेरानो, महिन्द्रा स्कोर्पियो र रेनो डस्टरको बीचमा प्रतिस्पर्धा हुने गरेको थियो । तर, अहिले यो सेग्मेन्टमा निसान किक्स, एमजी हेक्टर, किया सेल्टोस, रेनो डस्टर फेसलिफ्ट, टाटा ह्यारीयर जस्ता उत्पादन बजारमा आएसँगै हुन्डाईले आफ्नो सर्वाधिक सफल मोडल क्रेटाको नयाँ मोडल ल्याउने तयारी गरिरहेको छ ।
कम्पनीले चिनियाँ बजारमा आईएक्स २५ नामबाट सार्वजनिक गरेको मोडल नै भारतीय बजारमा अल न्यू क्रेटाको रुपमा आउने अनुमान गरिएको छ ।
आफ्नै लगानीकाे ब्राण्ड किया सेल्टोससँग कडा प्रतिस्पर्धा हुने देखिएको क्रेटाको नयाँ मोडल ढिलोमा अटो एक्स्पो २०२० सम्ममा सार्वजनिक हुने अनुमान गरिएको छ ।
नेपाली बजारमा समेत यो सेग्मेन्टमा क्रेटा र स्कोर्पियोको बीचमा कडा प्रतिस्पर्धा भइरहेको छ ।
१. बाहिर देखिने परिवर्तन: २०२० क्रेटाको एक्स्टेरियरमा ठूलै परिवर्तन हुने अपेक्षा गरिएको छ । कम्पनीले यसमा रेगुलर मोडलको हेडल्याम्पलाई परिवर्तनगरि भेन्यूमा दिइएको नयाँ सेट प्रदान गर्ने अनुमान गरिएको छ । पछाडिको स्प्लीट टेलल्याम्पमा भने कुनै परिवर्तन हुने छैन ।
२. साइजः अहिलेको तुलनामा नयाँ क्रेटा धेरै लामो र चौडा हुने छ भने उचाइमा केही कम हुने छ । २०२० क्रेटाको ह्वीलबेस भने २० एमएमले बढी हुने छ ।
३. इन्टेरियरः चिनियाँ बजारमा सार्वजनिक भएको आईएक्स २५ को जस्तै समान इन्टेरियर यसमा हुने छ । जसमा ठूलो भर्टिकल टचस्क्रीन इन्फोटेन्टमेन्ट सिस्टम दिइने छ भने अन्य सबै किसिमको फिचर किया सेल्टोसको जस्तो रहने छ ।
४. नयाँ इन्जिनः नयाँ क्रेटामा भारतीय प्रदुषण मापदन्ड बीएस ६ इन्जिन रहने छ भने किया सेल्टोसमा रहेको १.५ लिटर पेट्रोल र डिजेल इन्जिन नै यसमा रहने छ । अटोमेटीक र म्यानुयल दुबै गियरबक्समा आउने नयाँ क्रेटामा ६ स्पीड गियरबक्स दिइने छ ।
५. कनेक्टीभिटी: हुन्डाई भेन्यूमा भएको व्ल्यूलिङ्क कनेक्टीभिटी यसमा दिइने छ । जसले रियल टाइम ड्राइभिङ् स्टाटस प्रदान गर्नेछ ।

