काठमाडौं । युवावर्गमा लोकप्रिय रहेको बजाज पल्सर एनएस २०० को एबीएस भर्सनको बुकिङ्ग खुल्ला गरेको भएको छ । नेपाली बजारमा चर्चित नेकेड बाइक एनएस २०० एबीएस बहुप्रतिक्षित मोटरसाइकलको रुपमा रहेको थियो ।
बजाजले काठमाडौंको भृकुटीमन्डपमा आयोजना गरिरहेको ‘बजाज ग्राण्ड एक्सचेन्ज’ मोलामा यसको प्रदर्शनी गर्ने कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले मेरोअटो डटकमलाई जानकारी दिए ।
एबीएस सहितको नयाँ पल्सर एनएस २०० को मूल्य ३ लाख ३४ हजार ९०० रुपैया तोकिएको छ भने बुकिङ्ग गर्न चाहने ग्राहकले ५ हजार रुपैयाँ तिरेर बुकिङ गर्न सकिने कम्पनीले जानकारी दिएको छ । कम्पनीले बुकिङ्ग गर्ने ग्राहकलाई दशैंपछि डेलिभर दिने जनाएको छ ।
२०० सीसी नेकेड रोडस्टर मोटरसाइकल एनएस २०० उच्च प्रदुषण मापदन्ड अनुसारको रहेको कम्पनीले जनाएको छ ।
यसमा रहेको २०० सीसी सिगंल सिलिन्डर इन्जिनले ९ हजार ७५० आरपीएममा २३.१७ बीएचपी पावरका साथै १८.३ एनएम टर्क उत्पादन गर्छ । यसमा मोडलमा ६ स्पीड गियरबक्स रहेको छ ।
फुल एलइडी हेडलाइट र सेमि–डिजिटल इन्स्ट्रुमेन्ट कन्सोलको विशेषता प्रदान गरिएको बाइकमा एनालग टेकोमिटर जस्ता विशेषता दिइएको छ ।


