चीनमा बिक्री सुरु भयो हुन्डाईको ‘अल न्यू क्रेटा’

हुन्डाईले चिनियाँ बजारमा क्रेटाको नयाँ संस्करणको बिक्री सुरु गरेको छ । नयाँ मोडलको क्रेटालाई चीनमा ‘आइएक्स २५’ नेमप्लेटमा बिक्री सुरु गरिएको हो । 

अल न्यू क्रेटाको मूल्य एक लाख ९ हजार ८ सय युयान तोकिएको छ भने यसलाई कम्पनीले पेट्रोल र डिजेल दुबै इन्जिन अप्सनमा उपलब्ध गराएको छ । 

नयाँ क्रेटामा उपलब्ध १.५ लिटर न्याचुरल्ली एस्पायर्ड पेट्रोल इन्जिनले ११५ हर्ष पावर तथा १४४ एनएम टर्क उत्पादन गर्छ । यस्तै, १.४ लिटर टर्बाेचार्ज्ड पेट्रोल इन्जिनले १४० हर्षपावर र २४२ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड म्यानुअल ट्रान्समिसन र ७ स्पीड डिसिटी ट्रान्समिसन लगाइएको छ ।

यस्तै, डिजेल भेरियन्ट अन्तर्गत नयाँ क्रेटामा उपलब्ध १.५ लिटर टर्बाेचार्ज्ड इन्जिनले ११५ हर्ष पावर र २५० एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड गियरबक्स र ६ स्पीड टर्क कन्र्भटर जडान गरिएको छ । 

कम्पनीका अनुसार नयाँ क्रेटाको लम्बाई ४३०० एमएम, चौडाई १ हजार ७९० एमएम, उचाई १६२२ एमएम रहेको छ । यसमा २६१० एमएमको ह्वीलवेस दिइएको छछ । 

नयाँ हुन्डाई क्रेटामा स्पील्ट हेडलाइट, स्लिम एलइडी ल्याम्प, प्रोजेक्टर हेडल्याम्प, प्रोजेक्टर युनिट, एलइडी डे टाइम रनिंग लाइट, एलइडी डे टाइम रनिंग लाइटको विशेषता दिइएको छ । यसमा आकर्षक प्रिमियम क्याबिनको लेआउट दिइएको छ ।


Back_to_top