१७ गाडी ४० जनाको टिम, महिन्द्रा एड्भेन्चर ड्राइभको लागि अपर मुस्ताङ प्रस्थान

काठमाडौं । महिन्द्रा एड्भेन्चरको ‘अथेन्टिक मुस्ताङ’को फ्ल्याग अफ भएको छ । यस एक्पिडिसनमा १७ वटा महिन्द्राका गाडीमा ४० जना भारतीय तथा केही नेपाली मिडियाकर्मी र अफिसियलहरु रहेका छन् । यस एड्भेन्चर ड्राइभमा महिन्द्राको थार र स्कर्पियो गाडीहरुको प्रयोग भएको छ । 

आज विहान काठमाडौंको गौशालाबाट सुरु भएको यो एड्भेन्चर ड्राइभ पोखरा, बेनी, मार्फा, जोमसोम, मुक्तिनाथ हुँदै उपल्लो मुस्ताङको लो मन्थाङ्सम्म पुग्नेछ । 

१० दिन लामो यस अफरोड एड्भेन्चर ड्राइभबाट सहभागीहरुले नेपालको बिकट क्षेत्रको बाटामा लामो ड्राइभिङको अनुभव गर्नुका साथै उत्कृष्ट प्राकृतिक सौन्धर्यको रस्वाधन संगाल्ने कम्पनीले  विस्वास लिएको छ । 

भारतका विभिन्न सहरहरुमा मासिक रुपमा संचालन हुने यस्ता एड्भेन्चर कार्यक्रम छिटै महिन्द्राले नेपालमा पनि सुरु गर्ने कुरा महिन्द्रा नेपालका कन्ट्री म्यानेजर चैतन्य कागलकरले जानकारी दिए। 

नेपालमा भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजना हुन लागेको एड्भेन्चर ड्राइभले नेपालको पर्यटन क्षेत्रमा सघाउ पूर्याउने विश्वास लिएको उनले थपे ।


Back_to_top