काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारीक वितरक जगदम्बा मोटर्सले टीभीएसका मोटरसाइकलहरु एबीएससहित सार्वजनिक गर्ने तयारी गरेको छ । नेपाली बजारमा सर्वाधिक सफल मानिएको टीभीएस १६० र २०० को ४ भी भर्सन अब केही समय पश्चात् एबीएस सहित आउन लागेको हो ।
टीभीएसका यी दुई मोडल हाल बजारमा नन् एबीएस भर्सनमा बिक्री भइरहेको छ । यी मोटरसाइकल २०२० को सुरुवातमा सार्वजनिक गर्ने तयारी भइरहेको टीभीएस स्रोतले मेरोअटोलाई जानकारी दिएको हो ।
भारतीय बजारमा अप्रिल २०१९ देखि १२५ सीसीभन्दा माथिका मोटरसाइकलमा एबीएस अनिवार्य गरे पश्चात् नेपाल आउने मोटरसाइकलहरु पनि एबीएस भर्सनमा आउन सुरु गरेका हुन् । एबीएससहितको मोटरसाइकलहरु हालको नन् एबीएस भर्सनभन्दा केही महंगो हुने छ । सुरक्षाको दृष्टिकोणले एबीएस भएका मोटरसाइकल सुरक्षित हुने गर्छन् ।
टीभीएसले हाल बिक्री गर्दै आएको आरआर ३१० एबीएस भर्सनमा रहेको छ भने, अपाचे आरटीआर १६०, १६० ४ भी, २०० ४ भी नन् एबीएस भर्सनमा रहेको छ ।
हाल अपाचे आरटीआर २०० ४ भीको मूल्य ३ लाख २४ हजार ९ सय रहेको छ भने, आरटीआर १६० ४ भी २ लाख ८९ हजार ९ सय रहेको छ । यी मोटरसाइकल एबीएस भर्सनमा आउँदा १० हजार मूल्य बढ्ने अनुमान गरेको छ ।

