काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी कमर्सियल भेइकल प्रालिले उपत्यकामा सुविधा सम्पन्न सर्भिस सेन्टर संचालनमा ल्याएको छ भने ग्लोवल सिरिजको ट्रक र टिपर समेत नेपालमा बिक्री सुरु गरेको छ ।
कम्पनीले नेपालभर ग्राहकहरुलाई उत्कृष्ट विक्री तथा सेवा प्रदान गर्दै आएकोमा अझ थपसेवा दिन नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएको जनाएको छ ।
कम्पनीले जिएफआई सर्भिसको नाममा नैकाप गुर्जुधारामा एसएमएल इसुजुको थ्रीएस सेवा सुरु गरेको हो । उक्त प्रिमियम शोरुम १ लाख वर्गफिट क्षेत्रमा फैलिएको कम्पनीले जनाएको छ ।
उक्त सेवा केन्द्रमा विक्री सेवा, स्पेयर पार्ट्स, पिडिआइ केन्द्र र स्टक यार्डको लागि छुट्टा छुट्टै शाखाहरु राखिएको छ । त्यसैगरी गाडी मर्मतका लागि आधुनिक उपकरणले भरिएको र योग्य प्राविधिक तथा अनुभवी इञ्जिनियरहरुको व्यवस्था मिलाइएको कम्पनीको दाबी छ ।
उक्त सर्भिस सेन्टरले प्रतिदिन १८ वटा भन्दा बढी सवारी साधनलाई सेवा दिन सक्ने जनाइएको छ ।
नयाँ ट्रक र टिपर
शोरुमसँगै कम्पनीले एसएमएलको नयाँ ग्लोवल सेरिज ट्रक र टिप्पर पनि नेपालमा बिक्री सुरु गरेको छ । नयाँ सुरुवात इसुजु डिजाइन फिलोसोपीमा आधारित रहेर उत्पादन गरिएका ट्रक र टिपर निकै उत्कृष्ट रहेका छन् ।
चलाउन सजिलो, कम इन्धन खपत गर्ने, अधिकतम लोडिङ क्षमता र आरमदायी यि ट्रक र टिपर नेपाली बजारमा सफल हुने कम्पनीले विश्वास लिएको छ ।
अहिले लक्ष्मी कमर्सियलले विभिन्न प्रकारका स्कुल बस, व्यापारिक÷निजी बसहरु, ट्रक र टिपरको बिक्री वितरण गर्दै आएको छ ।

