दुईपाँग्रे सवारी अन्र्तगत स्कुटरको बजार नेपालमा पनि बढ्दै गएको छ । होन्डा, टीभीएस, यामाहा, हिरो, सुजुकी लगायतका विभिन्न कम्पनीले समयानकुल नयाँ स्कुटरको उत्पादन गरिरहेका छन् ।
पछिल्लो समय दुईपाँग्रे सवारी उत्पादक कम्पनीहरुले आधुनिक फिचर समेटिएका तथा उच्च पावर क्षमताका स्कुटरको उत्पादन गरिरहेकाछन् । यतिमात्रै नभई इलेक्ट्रीक स्कुटरको उत्पादनमा केन्द्रित हुने कम्पनीको संख्या विस्तारै बढ्न थालेको छ ।
बजारमा एकपछि अर्काे कम्पनीको नयाँ उत्पादन भित्रिरहेका छन् । यसैबीच, सन् २०२०मा भारतलाई लक्षीत गर्दै बजारमा आउन लागेका स्कुटर यस्ता रहेका छन् ।
बजाज चेतक इलेक्ट्रीक
बजाजले हालमात्रै सार्वजनिक गरेको चेतक आगामी जनवरीबाट बिक्री सुरु हुनेछ । कम्पनीको पहिलो दुइपाँग्रे इलेक्ट्रीक स्कुटरको रुपमा आउन लागेको चेतकले फुल चार्जमा ९५ किलोमिटर रेञ्ज दिनेछ ।
स्कुटरमा फुल डिजिटल स्पिडो कन्सोल, कनेक्टीभिटी फिचर र पोर्टेवल चार्जरको फिचर दिइएको छ । ट्वीन टेलल्याम्प, ग्राबरेल बार, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरको विशेषता भएको यो स्कुटरको फ्रन्ट साइडमा डिस्क ब्रेक लगाइएको छ ।
नयाँ टीभीएस ज्युपिटर
टीभीएस कम्पनीले निर्माण गरिरहेको ज्युपिटरको नयाँ संस्करणमा फ्रन्ट एप्रोन, साइड बडी प्यानल, फुल एलइडी हेडल्याम्प सेटअप, प्लेन्टी क्रोम लगायतका आकर्षक फिचर दिइएको छ ।
यसमा उपलब्ध १०९.७ सीसी एयरकुल्ड सिंगल सिलिन्डर ओएचसी इन्जिनले ७५ सय आरपीएममा ८ बीएच पावरका साथै ७५ सय आरपीएममा ८ एनएम टर्क उत्पादन गर्छ ।
सुजुकीको नयाँ स्कुटर
सुजुकीले ११० सीसी सेग्मेन्ट अन्तर्गत नयाँ स्कुटर सार्वजनिक गर्ने भएको छ । होन्डाको अपकमिङ स्कुटर एक्टिभा ६ जी र टीभीएसको ज्युपिटरसँग प्रतिस्पर्धा गर्ने यो स्कुटरमा एक्सेस १२५ को पाटर्स दिने अनुमान गरिएको छ ।
रेष्ट्रो स्टाइलमा आउने नयाँ स्कुटरमा कम्पनीले एयर कुल्ड इन्जिन लगाउने छ । आधुनिक स्टाइलको फुल एलइडी हेडल्याम्प, टेलल्याम्प, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर लगायतका फिचर यसमा उपलब्ध हुने छन् । यसको फ्रन्ट र रियर साइडमा १३० एमएमको ड्रम ब्रेक लगाउने कम्पनीले जनाएको छ ।
टीभीएस सिरोन
टीभीएसले नयाँ इलेक्ट्रीक स्कुटर सिरोन ल्याउने तयारी गरेको छ । कम्पनीले २०१८ अटो एक्स्पोमा यो स्कुटरको अवधारणा सार्वजनिक गरेको थियोे । पावरफुल इलेक्ट्रीक मोटर सहित आउने सिरोन सन् २०२० को अन्त्यसम्ममा सार्वजनिक हुनेछ ।
यसका अलावा अन्य कम्पनीले पनि स्कुटर बजारमा ल्याउने छन् । त्यसमा यामाहा, होन्डा र हिरोले पनि काम गरिरहेको जनाएका छन् ।


