२५० सीसी सेगमेन्टमा हस्कभर्नाको दुई मोडल सार्वजनिक

भारतको गोवामा भएको बाइक विकमा बजाज अटोले हस्कभर्नाको २५० सीसी मोटरसाइकल प्रदर्शनी गरेको छ । उक्त शोमा कम्पनीले दुई नयाँ मोटरसाइकल प्रदर्शनी गरेको हो । २५० सीसी सेग्मेन्ट अन्तर्गत हस्कभर्ना भिट्पिलेन २५० र स्भार्टपिलेन २५० सार्वजनिक गरेको हो ।

यी मोटरसाइकल भारतीय बजारमा २०२० फेब्रुअरीदेखि बिक्री गरिने कम्पनीले जनाएको छ । यससँगै कम्पनीले भारतीय बजारमा रहेको केटीएम मोटरसाइकलको डिलरलाई हस्कभर्नाको समेत डिलरमा परिणत गर्ने भएको छ । 

११६ बर्ष पुरानो मोटरसाइकल निर्माता कम्पनीले ६ बर्ष अगाडि अस्ट्रियन कम्पनी केटीएमसँग सहकार्यमा हस्कभर्ना मोटरसाइकल भारतमा निर्माण गर्दै आएको छ । भारतीय मोटरसाइकल निर्माता कम्पनी बजाज अटोको केटीएम र हस्कभर्नामा ४८ प्रतिशत सेयर रहेको छ । 

स्वीडिस मोटरसाइकल हस्कभर्नाले  १९०३ देखि मोटरसाइकल उत्पादन सुरु गरेको थियो । हस्कभर्ना मोटरक्रस एरिनामा लेजेन्ड्री मोटरसाइकलको रुपमा परिचित रहेको छ । बजाजले भने हस्कभर्नालाई प्रो–बाइकिङ यूनिटको लागि खरिद गरेको बताएको छ ।

यस्ता छन् फिचर

भारतीय अटो वीकमा सार्वजनिक गरिएको यी मोटरसाइकलमा सिगंल सिलिन्डर, फोर स्ट्रोक, लिक्विड कुल्ड, एफआई इन्जिन रहेको छ । बजालले भारतीय बजारमा प्रिमियम मोटरसाइकल सेग्मेन्टमा गेम चेन्जरको रुपमा हस्कभर्नालाई लिएको छ । 

कम्पनीले यी मोटरसाइकलमा लाइट वेट स्टील फ्रेम प्रयोग गरेको छ, जुन केटीएममा समेत प्रयोग भइरहेको छ । यी मोटरसाइकलमा डब्ल्यूपी एपेक्स यूएसडी सस्पेन्सन, बोस्च ब्रान्डको डबल च्यानल स्यान्डर्ड, एलइडी हेडल्याम्प, एलइडी टेल ल्याम्प, १७ इन्च कास्ट आल्मुनियम ह्वील जस्ता बिशेषता दिएको छ ।

 यसमा रहेको २४८.८ सीसी इन्जिले ३१ हर्सपावर ९ हजार आरपीएममा र २४ एनएम टर्क ७ हजार २५० आरपीएममा जेनेरेट गर्छ ।

स्भार्टपिलेन २५० लाई अफरोडर तथा भिट्पिलेन २५० लाई डबल प्रपोज मोटरसाइकलको रुपमा निर्माण गरेको छ । 


Back_to_top