सनरुफ भएका कम मूल्यका एसयूभी किन्नेलाई यी हुन् विकल्प

काठमाडौं  । पछिल्लो समय उत्पादन भरहेका अधिकांश एसयूभीमा सनरुफको विशेषता दिन थालिएको छ । आधुनिक फिचर मानिएको सनरुफले कार भित्र घामको प्रकाश र हावा आवात जावतलाई सहज बनाउन सहयोग गर्छ । 

कुनै समय निकै लग्जरियस फिचरको रुपमा लिइने सनरुफलाई अहिले मिडसाइज एसयूभीमा पनि समेट्न थालिएको छ । नेपाली बजारमा विभिन्न कम्पनीले सनरुफयुक्त कार बिक्री गर्दै आएका छन् । ती मध्ये केही मोडल यस्ता रहेका छन् ।

फोर्ड इकोस्पर्ट

फोर्ड इकोस्पोर्टमा सुरक्षा, स्टाइललाई ध्यानमा राखेर ड्युअल फ्रन्ट एयरब्याग र एबीएस, अटोमेटिक ट्रान्समिसन तथा ८ इन्चको फ्लोटिङ टचस्क्रिन, इमर्जेन्सी ब्रेक असिष्ट र ट्रयाक्सन कन्ट्रोल सिस्टम जस्ता फिचर दिइएको छ ।

नेपाली बजारमा सनरुफ सहितको टप भेरियन्ट इकोस्पोर्टको मूल्य ४९ लाख ९० हजार रुपैयाँ रहेको छ । 

एमजी जेडएस

बेलायती अटो कम्पनी मोरिस ग्यारेजले उत्पादन गरेको एमजी जेडएस नेपालमा बिक्री वितरण गरिरहेको छ । सनरुफयुक्त कार एमजी जेडएस नेपाली बजारमा विभिन्न तीन भेरियन्टमा बिक्री भइरहेको छ । यसको सनरुफ सहितको टप भेरियन्ट मुल्य ५९ लाख ६० हजार रुपैयाँ रहेको छ । 

यसमा एबीएस, इबिडी, एयरब्याग, सनरुफ तथा आरमदायी इलेक्ट्रीक सिट जस्ता विशेषताहरु रहेका छन् ।

हुन्डाई क्रेटा

हुन्डाई क्रेटा पनि अर्को सनरुफ सहितको एसयूभी हो । नेपाली बजारमा ३ इन्जिन अप्सनमा उपलब्ध क्रेटामा सनरुफ, भेन्टिलेटेड फ्रन्ट रो सिट, आरामदायी ड्राइभर सिट, स्मार्ट की ब्यान्ड र वायरलेस फोन चार्जर जस्ता प्रिमियम फिचर समावेश गरिएको छ । यसको सनरुफ सहितको टप भेरियन्टकाे मूल्य ६१ लाख ९६ हजार रुपैयाँ रहेको छ । 


Back_to_top