एक पटक चार्ज गर्दा २०० किमि चढ्न सकिने मोटरसाइकल

मेन्टिस इलेक्ट्रीक मोटरसाइकल भारतको गोवामा चलिरहेको मोटरसाइकल एक्स्पोमा सार्वजनिक भएको छ । मेन्टिसको इलेक्ट्रीक मोटरसाइकलको टप स्पीड क्षमता १४० किलोमिटर प्रतिघण्टा रहेको छ । 

सामान्य मौसममा यो मोटरसाइकल एक पटकको फुलचार्जमा २०० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । यसमा कम्पनीले फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टर दिएको छ । 

कम्पनीले मोटरसाइकल धनीको फिंगर प्रिन्टबाट धेरै फिचर कन्ट्रोल गर्न सक्नेगरि बनाएको जनाएको छ । यसमा डाटा मेन्टेन्स, राईड एनालाइटिक्स जस्ता फिचर उपलब्ध रहेको छ ।

ओरेक्स इन्जिनियरिङले तयार गरेको यो इलेक्ट्रीक मोटरसाइकल सन् २०२० को मध्यबाट मात्र बिक्री सुरु गर्ने जनाइएको छ । कम्पनीले यसमा लिथियम आयोन व्याट्री, पावरफुल मोटर, आल्मुनियम अलोय ह्वील, उच्च क्षमताको टायर दिएको जनाएको छ ।

कम्पनीले व्याट्रीको उच्च क्षमताको लागि आफ्नै डिजाइनमा उच्च पर्फमेन्स दिन सक्नेगरि बनाएको उल्लेख गरेको छ । साथै कम्पनीले तयार गरेको व्याट्री मेनेजमेन्ट कन्ट्रोलरले कुनै किसिमको कुलिङ सिस्टम प्रयोग गर्नु नपर्ने जनाइएको छ । 

ओरेक्स मेन्टिसले यसमा ९ किलोवाटको व्याट्री दिएको छ । आरमदायी यात्राको लागि अगाडि ४१ एमएमको टेलिस्कोपिक फर्क र पछाडि मोनोसक दिएको छ । यो मोटरसाइकले ० देखि १०० किलोमिटरको स्पीड केवल ८ सेकेन्डमा भेट्टाउने छ । 


Back_to_top