१ लाख १५ हजारमा टीभीएसको बाइक, यस्ता छन् विशेषता

काठमाडौं । टीभीएसले नेपालमा सबैभन्दा सस्तो दुईपाङ्ग्रे सवारीको रुपमा एक्सएल १०० को बिक्री वितरण गर्दै आएको छ । नेपालको लागि टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले एक्सएल १०० बिक्री गर्दै आएको हो । 

कम्पनीले विशेषत सामान ओसार पसार गर्ने व्यक्ति वा कम्पनीलाई मध्यनजर गर्दै एक्सएल १०० नेपाली बजारमा ल्याएको बताएको छ । कम्पनीले यसको नेपाली बजारमा १ लाख १५ हजार ९०० रुपैयाँ तोकेको छ । 

७० सीसी एयर कुल्ड काब्र्रुरेटर इन्जिन दिइएको एक्सएल १०० ले ६७ किलोमिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ । यसमा दिइएको ६००० आरपीएममा ४.३ बीएच पावर र ३५०० आरपीएममा ६.५ एनएम टर्क प्रदान गर्छ । यसमा ४ लिटरको फ्यूल ट्याङ्की दिइएको छ । 

कम्पनीले यसमा अन्डरवोन टाइप च्याचिस र अगाडि टेलिस्कोपिक स्पीङ टाइप हाइड्रोलिक तथा पछाडि स्वीङ आर्म हाइड्रोलिक सस्पेन्सन दिइएको छ । 

करिब ८० केजी तौल रहेको यो मोटरसाइकलको लम्बाई २०२० एमएम, चौडाई ७५० एमएम, उचाई १११० एमएम र सिटहाईट ७७० एमएम रहेको छ । यसमा ह्वीलवेस भने १२१५ एमएमको दिइएको छ भने ग्राउन्ड क्लियरेन्स १५५ एमएम रहेको छ ।


Back_to_top