नयाँ इन्जिनमा होन्डा सिटी, यस्ता छन् विशेषता

होन्डाले नयाँ इन्जिनमा निर्माण भएको आफ्नो प्रिमियम सेडान कार सिटी भारतमा सार्वजनिक गरेको छ । नयाँ प्रदुषण मापदण्ड बीएस ६ पेट्रोल इन्जिनयुक्त सिटीको नयाँ मोडल म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेको छ ।

कम्पनीले अहिले पेट्रोल इन्जिनलाई मात्रै अपग्रेड गरेको जनाएको छ । डिजेल इन्जिनको अपग्रेड केही समयपछि हुने कम्पनीको भनाई छ । 

यसमा उपलब्ध १.५ लिटर फोर सिलिन्डर  वाटर कुल्ड एसओएचसी आई भिटेक इन्जिनले ११९ पीएस पावरका साथै १४५ एनएम टर्क उत्पादन गर्छ । 

यसको माइलेजपनि उत्कृष्ट रहेको बताईएको छ । एआरएआईले यसको माइलेज प्रतिलिटर १८ किलोमिटर प्रमाणित गरेको छ । 

कम्पनीले यसको भि, भिएक्स र जेडएक्स भेरियन्टमा एडभान्स इन्फोटेनमेन्ट सिस्टम डिगीप्याड २.०को फिचर दिएको छ । सबै भेरियन्टमा १७.७ सिएमको एडभान्स टचस्क्रिन अडियो भिडियो, नेभिगेसन सिस्टम, एप्पल कार प्ले, एन्ड्रोइड अटो, स्मार्ट कनेक्टीभिटी लगायतका विशेषता दिइएको छ । 


Back_to_top