समस्यामा पर्दै रोयल इन्फिल्ड, यस्ता छन् कारण

काठमाडौं । रोयल इन्फिल्ड मोटरसाइकलको मूल्य फेरी बढ्ने देखिएको छ । भारतीय प्रदुषण मापदण्ड अनुरुप नयाँ इन्जिन बीएस ६ मा निर्माण भएका रोयल इन्फिल्ड मोटरसाइकल बजारमा आउँदा यसको मूल्यमा धेरै वृद्धि हुने देखिएको हो ।

रोयल इन्फिल्डले आफ्ना सबै मोडललाई बीएस ६ इन्जिनमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले भोलि सावजनिक गर्ने भनेको क्लासिक ३५० को मूल्य सार्वजनिक भएको छ । कम्पनीले बीएस ६ इन्जिनमा ल्याएको मोटरसाइकलको मूल्य १४ हजार भारतीय रुपैयाँले बढ्ने भएको छ ।

त्यस्तै मेटल गन ग्रेको समेत मूल्य लगभग १५ हजार भारतीय रुपैयाँले बढ्ने भएको हो । यससँगै कम्पनीले इलेक्ट्रा, थन्र्डरवर्ड, हिमालयनलाई समेत बीएस ६ मा ल्याउने तयारी गरेको छ । यसले नेपाली बजारमा एउटै मोटरसाइकलमा करिब ६० हजार रुपैयाँले मूल्य बढ्ने देखिएको छ ।

कम्पनीले ५०० सीसीका मोटरसाइकल भने बीएस ६ इन्जिनमा नल्याउने जनाएको छ । डिसेम्बरमा भारतमा रोयल इन्फिल्डको बिक्री ५० हजार ४१६ यूनिटमा समेटिएको छ । जसमा ४७ हजार ७ सय ८८ यूनिट ३५० सीसी सेग्मेन्टको रहेको छ ।

बिक्रीमा उच्च गिरावट आएसँगै रोयल इन्फिल्डले ५०० सीसी मोटरसाइकललाई बीएस ६ इन्जिनमा नल्याउने अनुमान गरिएको छ । यी मोटरसाइकल बीएस ६ इन्जिनमा निर्माण गर्दा अझै महंगो हुने देखिएको छ ।

यसले रोयल इन्फिल्डको भबिष्य माथि नै शंका गर्न थालिएको भारतीय मिडियाले जनाएक छन् । लामो समय उत्पादन बन्द भएको जावाको मोटरसाइकल बजारमा आउनु तथा हार्लेले भारतमा नै उत्पादन गरेको ७५० सीसी मोटरसाइकलको बिक्री सुरु हुनु र रोयल इन्फिल्डको बिक्रीमा लगातार गिरावट आएसँगै यस्ता आँकलन सुरु गरिएको हो ।


Back_to_top