सानो साइज, कम मूल्य र प्रिमियम फिचरले भरिएको इलेक्ट्रीक कार

काठमाडौं । संसारकै सबैभन्दा सस्तो मानिएको इलेक्ट्रीक कार ओरा ‘आर–१’ दक्षिण एसियाली बजारमा सार्वजनिक हुने भएको छ । कम्पनीले यसलाई अबको केही महिनामा भारतीय बजारमा सार्वजनिक गर्ने भएको हो ।

चिनीयाँ कम्पनी ग्रेटवाल मोटर्सले आगामी फेब्रुअरी ७ देखि भारतमा आयोजना हुने अटो एक्स्पो २०२० मा यसलाई सार्वजनिक गर्ने भएको हो ।
कम्पनीले यो इलेक्ट्रीक कारको मूल्य ८ हजारदेखि ११ अमेरिकी डलरसम्म पर्ने जनाएको छ ।

कम्पनीले यस कारमा ३ वर्ष वा १ लाख २० हजार किलोमिटरसम्मको वारेन्टी दिने जनाएको छ, यसलाई कम्पनीले अनलाईनबाट मात्रै बिक्री गर्ने बताएको छ ।

३५ किलोवाट पर आवरको व्याट्री प्याक रहेको यस कारमा रहेको मोटरले ४७ एचपी पावर प्रदान गर्ने कम्पनीको वेभसाइटमा उल्लेख गरिएको छ । यसको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघण्टा रहेको छ ।

युवापुस्ता र सहरी क्षेत्रलाई ध्यानमा राखेर उत्पादन गरिएको यो कारविभिन्न ५ कलर अप्सनमा उपलब्ध हुनेछ । साथै, यो आर्टिफिसियल इन्टेलिजेन्सको समेत प्रयोग गरिएको कार हो ।

अन्य स्ट्यान्डर्ड फिचरको रुपमा ब्लुटुथ की, भेहिकल मोबाइल फोन कनेक्सन सिष्टम र हिल स्टार्ट असिष्ट सिष्टम जस्ता प्रिमियम फिचर उपलब्ध रहेको छ ।

यसको टप भेरिएन्टमा डेटाइम रनिङ लाइट, इलेक्ट्रिकल पार्किङ ब्रेक, इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम, ६ एयरब्याग र स्मार्ट फ्रन्ट भ्यु सिष्टम उपलब्ध रहेको छ ।


Back_to_top