पल्सर एनएस १६० एबीएस रेगुलरभन्दा ३ हजार मात्रै महंगाे

काठमाडौं । बजाजले पल्सर एनएस १६०को एबीएस सहितको मोडल नेपाली बजारमा सार्वजनिक भएको छ । बजाजको आधिकारीक बिक्रेता एचएच बजाजले उक्त फिचरसहितको एनएस १६० बजारमा ल्याएको हो । यो पल्सर एनएस सिरिजको सुरुवाति मोडल समेत हो ।

कम्पनीले यस मोटरसाइकलमा सिंगल च्यानल एबीएस दिइएको छ । यसका अलवा मोटरसाइकलको मेकानिकल र कस्मेटिक पार्टमा कुनै परिमार्जन गरिएको छैन ।

यो मोटरसाइकलमा १६० सीसी फोर स्ट्रोक आयल कुल्ड इन्जिन लगाइएको छ । यसले ८५०० आरपीएममा १५.५ पीएस पावरका साथै ६५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्छ ।

पुरानो मोडलको तुलनामा यसको तौल केही बढेको कम्पनीले जनाएको छ । पछिल्लो समय बजाजले आफ्ना विभिन्न मोडलमा एबीएस सुविधा प्रदान गर्दै आएको छ ।

पल्सर एनएसले नेपाली बजारमा टीभीएस अपाची आरटीआर–१६० फोर भी, सुजुकी जिक्सर, यामाहा एफजेडएस तथा होन्डा सिबी हार्नेट १६० आरसँग प्रतिस्पर्धा गरिरहेको छ ।

बाइकमा १७ इन्च अलोय ह्वील दिइएको छ । बजाज पल्सर एनएस १६० स्टायडर्ड मोडल ट्वीन डिस्क र एबीएससहितको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ तोकिएको छ । भने नन् एबीएस भेरियन्टको मूल्य २ लाख ८६ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top