मित्सुबिशीको एक्सपाण्डर एमपीभी आउदै, यस्ता छन् विशेषता

मित्सुबिशीको एक्सपाण्डर एमपीभी भारतीय बजारमा पहिलो पटक  बिक्री हुने भएको छ । मित्सुबिशी एक्सपाण्डर  कम लागतको एमपीभी हो, जुन विशेष रुपमा इन्डोनेसिया, फिलिपिन्स र थाइल्याण्ड जस्ता विकसित देशहरुको लागि विकसित भएको हो ।

एसयूभी स्टाइल मित्सुबिशी एमपीभीको बाहिरी डिजाइन डायनामिक शिल्ड, २ टियर हेडल्याम्प, १६ इन्चको ड्यूल टोन अलोय ह्वील र एल आकारको एलईडी टेल ल्याम्प समावेश रहेकाेछ । यसको भित्रि भागमा प्यासिभ किलेस इन्ट्री, इन्जिन स्टार्ट स्टप बटन, टिल्ट र टेलीस्कोपिक स्टीयरिङग जस्ता फिचर राखिने छ । साथै २ डीआईएन ७ इन्चको टर्चस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, रुफ माउन्टेड रियर एसी भेन्टस, क्रुज कन्टोल र १२ भोल्ट पावर आउटलेट तीनै वटा रो मा राखिने छ ।

यस कारको लम्बाई ४४७५ एमएम, चौडाई १७५० एमएम र उचाई १७०० एमएमको हुनेछ । यसको ह्वीलबेस २७७५ एमएम लम्बाईमा उपलब्ध हुनेछ । यसमा २०५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेकाे याे एमपीभीमा १६३० लिटर अधिकतम लगेज स्पेस उपलब्ध रहेकाे छ ।

यसमा  रहेकाे १.५ लिटरको एमआइभीईसी फोर सिलिन्डर इन्जिनले ६००० आरपीएममा अधिकतम १०५ पीएस पावर र ४००० आरपीएम १४१ एनएन  टर्क उत्पादन गर्छ ।

यो एमपीभी ५ स्पीड म्यानुअल ट्रान्समिशन र ४ स्पीड अटोमेटीक ट्रान्समिशनको साथ उपलब्ध हुने भएको छ ।


Back_to_top