काठमाडौं । महिन्द्राले आगामी फेब्रुअरी ६ तारिखबाट हुने अटो एक्स्पो २०२० मा ४ नयाँ इलेक्ट्रीक कार शोकेस गर्ने घोषणा गरेको छ । महिन्द्रा भारतमा सबैभन्दा पहिला इलेक्ट्रीक गाडी बनाउने कम्पनी समेत हो ।
कम्पनीले अटो एक्स्पो २०२० सँग सम्बन्धित रहेर आज एक तस्विर सार्वजनिक गरेको छ । उक्त तस्विरमा कम्पनीले ४ वटा इलेक्ट्रीक कार देखाएको छ ।
कम्पनीले एक्सयूभी ५००, एक्सयूभी ३०० र केयूभी १०० जस्ता गाडी इलेक्ट्रीकमा ल्याउने जनाएको थियो । तर, अर्को कुन मोडल इलेक्ट्रीमा आउनेछ भन्ने विषयमा कम्पनीले केही जानकारी दिएको छैन ।
कम्पनीले ल्याउने एक्सयूभी ३०० र ५०० मा लामो रेञ्ज प्रदान गर्ने व्याट्री प्याक दिने छ भने केयूभी १०० मा १५० किलोमिटर रेञ्ज दिने व्याट्री प्रयोग हुनेछ । यी मोडलमा कम्पनीले ४० किलोवाट आवरको व्याट्री दिने अनुमान गरिएको छ । यी गाडीको बिक्री भने २०२१ मा मात्र सुरु हुनेछ ।
साथै कम्पनीले ल्याउने सस्तो मूल्यको केयूभी १०० को भने प्रडक्सन मोडल नै सार्वजनिक हुने र अटो एक्स्पोपछि बिक्री वितरण सुरु हुने जनाइएको छ ।


