महिन्द्राले किनेसँगै अटो एक्स्पोमा आयो प्यूजोको ‘इ लुडिक्स’

ग्रेटर नोयडा । प्यूजोले अटोएक्स्पो २०२० मा इलेक्ट्रीक स्कुटर इ-लुडिक्स सार्वजनिक प्रदर्शन गरेको छ । ५० सीसी पेट्रोल स्कुटरको इलेक्ट्रीक संस्करण इ(लुडिक्सको उत्पादन भारतको पुर्णेमा भएको हो ।

महिन्द्राले केही समयअघि प्यूजोको टु ह्वीलर्स सेग्मेन्टमा ठूलो हिस्सा सेयर खरिद गरेको थियो । अहिले कम्पनीले भारतमा यसको उत्पादन गरेर यूरोप निर्यात गर्दै आएको छ । अब भने कम्पनीले यसलाई भारतमा पनि बिक्री सुरु गर्ने जानकारी दिएको हो ।

यो स्कुटरमा ३ किलोवाटको वस् इलेक्ट्रीक मोटर जडान गरिएको छ । साथै यसमा उपलब्ध ब्याट्रीलाई फुलचार्ज गर्न ३ घन्टा लाग्नेछ ।

एकपटकको फुलचार्जमा यो स्कुटरले ५० किलोमिटर रेन्ज प्रदान गर्छ । ८५ किलोग्राम तौल रहेको यो स्कुटर प्रतिघन्टा ४५ किलोमिटरको स्पीडसम्म दौडन सक्छ ।

विशेषत युवा ग्राहकलाई लक्षित गर्दै निर्माण गरिएको उक्त स्कुटरमा आकर्षक स्टाइल, एप्रोनको साइटमा हेलोजन लाइट, फ्रन्ट बम्पर प्लेट, टर्न इन्डिकेटर र ह्यान्डलबार लगाइएको छ ।

डिस्प्लेमा स्पीड, रेन्ज रिमाइनिङ र समयको जानकारी आउने छ भने स्मार्टफोन कनेक्सनका लागि भिआइए ब्लुटुथ जस्ता विशेषता दिइएको छ । यस्तै फ्रन्टमा अपसाइड डाउन फर्क र पछाडि सिंगल साइड स्प्रिंग लगाइएको छ ।


Back_to_top