ग्रेटर नोयडा । गत हप्ताबाट सुरु भएको अटो एक्स्पोमा फोर्स मोटर्सले कस्टुमाइज गरेको आफ्नो अफरोड एसयूभी गोर्खा प्रदर्शनिमा राखेको छ । कम्पनीले आफै गरेको कस्टुमाइज गोर्खा हेर्न अवलोकन कर्ताको ठूलो भिड लागेको छ ।
दुईवटा मात्र ढोका भएको गोर्खा एसयूभीमा म्याक्सीसको टे«पाडोरको अफरोडिङ टायर दिइएको छ । जसले यो एसयूभीलाई जमिनभन्दा निकै उचाइैमा पूर्याएको छ ।

यस गोर्खाको अगाडिको भागमा विसाल आकारको बुलबार लगाएको भने अगाडिको हेडल्याम्प र फ्रन्ट ग्रीलमा दिएको प्लास्टीकको क्लाईडिङले गाडीलाई अझ अग्रेसिभ बनाएकोे छ । यसमा दिइएको रुफ र्याकको विशाल साइजले गाडीलाई निकै फरक देखाएको छ ।
यसको पछाडि दुईवटा फ्युल क्यान राखिएको छ । यसको सहायताले लामो अफरोडमा जाँदा पेट्रोल पम्प नभएपनि फ्युलको चिन्ता गर्नुपर्ने छैन । गोर्खाको छतमा लगाइएको एक्ट्रा लाइटले जस्तोसुकै टेरेनमा जादाँ पनि लोलाइटको समस्या हुने छैन । कम्पनीले दिएको सूचना अनुसार यसमा मेकानिकल परिवर्तनहरु भने केही गरिएको छैन ।
नेपालमा पनि फोर्स मोटर्सका उत्पादन बिक्री वितरण हुँदै आएको छ । विशेषत फोर्स मोटर्सका मिड साइजका कमर्शियल गाडी नेपालमा बिक्री वितरण हुँदै आएका छन् भने केही महिना गोर्खाको पनि परिक्षण गरिएको थियो ।


