हुन्डाईले ल्यायो ‘स्प्रीङ डिलाइट’ योजना, यस्ता छन् अफर

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई स्प्रीङ डिलाइट’ योजना ल्याएको छ । यस योजनामा गाडी किन्ने ग्राहकले हरेक गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निःशुल्क १ वर्षसम्मको बीमा सुविधा, आकर्षक एक्सचेन्ज बोनस, स्पट एक्सचेन्ज तथा उत्कृष्ट मूल्याङ्कनको सुविधासमेत प्राप्त गर्न सक्नेछन् । साथै, हरेक गाडीको खरिदमा ४ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टीसमेत प्राप्त गर्न सक्ने छन् ।

वसन्त ऋतुसँगै कम्पनीले ल्याएको नयाँ योजनाले ग्राहक वर्गमा नयाँ जोस र जाँगर उत्पन्न गर्ने कम्पनीले विश्वास लिएको छ । यो योजना केही समयको लागि मात्र लागु हुने जनाइएको छ ।


Back_to_top