सुजुकी जिम्नीको उत्पादन भारतमै हुने

अटो एक्स्पो २०२० मार्फत सुजुकीले आफ्नो नयाँ जेनेरेशन जिम्नी भारतमा सार्वजनिक गरेको थियो । भारतमा देखिएको जिम्नी प्रतिको आकर्षणसँगै सुजुकीले यसको उत्पादन भारतमा नै गर्ने भएको छ ।

कम्पनीले आफ्नो गुरुगाउँमा रहेको प्लान्टबाट हर्टटेक प्ल्याटर्फममा यसको उत्पादन सुरु गर्ने तयारी भइरहेको भारतीय मिडियाले उल्लेख गरेको छ । कम्पनीले भारतमा उत्पादन गर्ने जिम्नीमा धेरै कम्पोनेन्ट भारत मेड प्रयोग गर्ने जनाएको छ ।

यसलाई भारतीय ग्राहकको तुलनमा केही परिमार्जन गरेर ल्याउनेगरि काम भइरहेको जनाइएको छ । संभवत कम्पनीले २०२० को दोस्रो क्वाटरवाट यसको उत्पादन भारतमा गर्ने छ । यसलाई भारतमा जिप्सीको स्थानमा राखेर बिक्री गर्ने अनुमान गरिएको छ ।

जिम्नीमा १.५ लिटर क्षमताको पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले १०२ एचपी पावर प्रदान गर्छ । यसमा म्यानुअल र अटोमेटिक दुवै गियरबक्स अप्सन दिइएको छ ।

४ सिट क्षमता रहेको यो गाडीमा फोर ह्विल ड्राइभ अप्सन दिइएको छ । राउन्ड हेडल्याम्प, छुट्टै इन्डिकेटर, एलइडी टेलल्याम्पको बीचमा स्पेयर टायर दिइएको जिम्नी निकै आकर्षक देखिन्छ ।

नेपालको लागि सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटो कर्पले यसलाई जापानबाटै ल्याएर बिक्री गर्ने तयारी गरिरहेको छ । सुजुकीको यो सब कम्प्याक्ट अफरोड एसयूभी विश्व बजारमा निकै रुचाइएको मोडल हो ।


Back_to_top