काठमाडौं । टीभीएस मोटरले भारतमा अपाचे आरटीआर १८० को बीएस ६ भर्सन सार्वजनिक गरेको छ । अप्रिल १ को डेडलाइन आउँदै गर्दा कम्पनीले १८० को बीएस ६ भर्सन सार्वनजिनक गरेको हो ।
कम्पनीले यसको मूल्य १ लाख १ हजार भारतीय रुपैयाँमा सार्वजनिक गरेको छ । यस अघिको मूल्यमा कम्पनीले ६ हजार ७०४ रुपैयाँ बढाएर ल्याएको हो ।
यो मोटरसाइकलमा १७७.४ सीसी सिगंल सिलिन्डर, ४ स्ट्रोक, २ भल्भ इन्जिन रहेको छ । यस अघि एयरकुल्ड इन्जिनमा रहेको यो मोटरसाइकल अब भने लायल कुल्डमा आएको हो । बीएस ६ मापदण्ड अनुसार यसमा एफआई प्रविधि रहेको छ ।
बीएस ६ इन्जिनमा आइरहेको मोटरसाइकलको इन्जिन आउटपुट घटिरहेको छ । यसमा भने केही आउटपुट बढेको कम्पनीले जनाएको छ । आरटीआर १८० बीएस ६ को इन्जिनले ८००० आरपीएममा १६.७९ पीएस तथा ६५०० आरपीएममा १५.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ ।
कम्पनीले बीएस ६ भर्सनमा नयाँ फिचर थप गरेको छ । (जीटीटी) ग्लाइड थ्रु ट्राफिक नयाँ फिचरको रुपमा ल्याएको छ । यसले मोटरसाइकललाई एसेलेटर प्रयोग बिना नै १७ किलोमिटर प्रतिघण्टाको स्पीडमा चलाउन सकिन्छ । यो फिचर सुजुकीका प्रिमियम मोटरसाइकलहरुमा मात्र उपलब्ध रहेको छ ।
यसको सस्पेन्सन सेटअपमा फ्रन्टमा टेलिस्कोपिक र रियरमा मोनोसक रहेको छ । यसको फ्रन्टमा २७० एमएम र रियरमा २०० एमएमको पेटल डिस्क ब्रेक रहेको छ । यसमा सिंगल च्यानल एबीएस समेत रहेको छ ।
यो मोटरसाइकलमा एलइडी डीआरएल, एलइडी लाइट तथा सेमि डिजिटल कन्सोल रहेको छ ।


