होन्डा नेपालले थप्यो फ्रि सर्भिसिङको समय

काठमाडौं । होन्डा मोटरसाइकलको आधिकारीक वितरक स्याकार ट्रेडिङले सर्भिसिङ गर्ने समय वेथित भएका मोटरसाइकल धनीलाई सर्भिस समय थप गरेको छ । कम्पनीले कोरोना भाइरसको कारण लकडाउन भएकाले उक्त अवधिमा समय वेथित भएका मोटरसाइकलको सर्भिस थप गरेको हो ।

होन्डा नेपालले उक्त विषयको जानकारी आफ्नो आधिकारीक फेसबुक पेजबाट दिएको हो ।

‘विश्वव्यापी कोरोना भाइरसको कारण सृजित परिस्थितिमा लकडाउन भई घरमा नै बस्नु परेकाले तपाईको होन्डा मोटरसाइकल वा स्कुटरको सर्भिसिङ गर्ने समय नाघिसकेको छ भने नआत्निुस्’, कम्पनीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

अवस्था सामान्य भएपछि बाँकी फ्रि सर्भिसिङको सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

यो असामान्य परिस्थितिमा आफ्ना सेवाहरु बन्द गर्नु परेकोमा ग्राहकलाई पर्न गएकोमा कम्पनीले दुःख व्यक्तगर्दै आगामी दिनमा पुनः उत्कृष्ट सेवा दिने प्रतिबद्धता व्यक्त गरेको छ ।


Back_to_top