काठमाडौंमा बिक्री सुरु भएको ३ दिनमै लकडाउनमा परेको पल्सर १२५, अब बीएस ६ इन्जिनमा

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारीक बितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले काठमाडौंमा पल्सर १२५ सार्वजनिक गरेको ३ दिनपछि नै लकडाउन सुरु भएको हुँदा यसले कस्तो व्यापार गर्छ भन्ने थाहापाउन सकिएको छैन ।

यद्यपी तराईका जिल्लामा राम्रो व्यापार गरेसँगै कम्पनीले यसलाई काठमाडौं ल्याएको थियो । काठमाडौंमा यो मोटरसाइकलको मूल्य २ लाख २४ हजार ९०० रुपैयाँ निर्धारण गरेर कम्पनीले बिक्री गर्दै आएको छ ।

यस्तोमा कम्पनीले भारतीय बजारमा बीएस ६ इन्जिनमा पल्सर १२५ सार्वजनिक भएको छ । बीएस ६ मा अपग्रेड हुँदा पनि कम्पनीले यसको मूल्यमा ६ देखि ७ हजार भारुले मात्रै मूल्य बढेकाले नयाँ इन्जिनमा नेपाल आउँदा यसको मूल्यमा करिब २० हजार हाराहारीले वृद्धि हुने देखिन्छ ।

कम्पनीले यसमा १२४.४ सीसी क्षमताको इन्जिन दिएको छ । उक्त इन्जिनले ८५०० आरपीएममा अधिकतम ११.८ बीएच पावर र ६५०० आरपीएममा ११ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स दिइएको छ ।


Back_to_top