५० हजार डाउन पेमेन्ट गरेर किन्न सकिने सस्तो र धेरै माइलेज दिने हिरो ‘एचएफ डिलक्स’

काठमाडौं । हिरो मोटो कर्पको आधिकारीक बिक्रेता नेपाल जनरल मार्केटिङ (एनजीएम)ले बिक्री गर्दै आएको सबैभन्दा सस्तो मोटरसाइकल एचएफ डिलक्स हो ।

एनजीएमले हिरोको सबै रेञ्जका मोटरसाइकल नेपालमा बिक्री गर्दै आएको छ । कम्पनीले नेपालमा बिक्री गर्ने एचएफ डिलक्स सबैभन्दा सस्तो मोटरसाइकल हो भने एक्सपल्स २०० सबैभन्दा महंगो मोटरसाइकल हो ।

हिरो एचएफ डिलक्सको मूल्य १ लाख ६६ हजार ५०० रुपैयाँ रहेको छ भने एक्सपल्स २०० को मूल्य ३ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

अहिले कोरोना भाइरसको कारण विश्वभर सामाजिक दुरी कायम गर्ने विषयले चर्चा पाइरहेको समयमा हिरो एचएफ डिलक्सको मूल्यले धेरै ग्राहकको ध्यान खिच्न सक्ने छ ।

कति पर्ला मासिक किस्ता

नेपाल जनरल मार्केटिङले कोरोना भाइरसको कारण लकडाउन सुरु हुनुअघि हिरोका मोटरसाइकल सून्य प्रतिशत डाउन पेमेन्टदेखि नै बिक्री गर्दै आएको थियो । तर, सून्य प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल किन्नुलाई त्यति राम्रो पनि मानिदैन ।

त्यसैले कम्पनीले ३० प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल उपलब्ध गराउने हो भने यसलाई किस्तामा किन्दा डाउन पेमेन्टको रुपमा ४९ हजार ९५० रुपैयाँ राख्नु पर्ने हुन्छ ।

डाउन पेमेन्ट जम्ममा गरेपछि १ लाख १६ हजार ५५० रुपैयाँ कर्जाको रुपमा लिन सकिन्छ । यसरी लिइएको कर्जालाई २४ किस्तामा तिर्नेगरि लिँदा मासिक ५ हजार ६५१ रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

यस्ता छन् विशेषता

हिरो एचएफ डिलक्समा ९७.२ सीसी क्षमताको सिंगल लिण्डिर, एयर कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले ८००० आरपीएममा अधिकतम ७.८ बीए पावर र ६००० आरपीएममा ८.०५ एनएम प्रदान गर्ने छ ।

विभिन्न ५ कलर भेरियन्ट व्ल्यू, ग्रेसँग ग्रिन, ग्रिनसँग व्ल्याक, व्ल्याकसँग पर्पल, र व्ल्याकसँग रेडमा उपलब्ध रहेको छ ।
हिरोको यो मोटरसाइकल माइलेजको लागि निकै चर्चित मोटरसाइकल हो । यसले प्रतिलिटर ८५ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।

यसको दुबै चक्कामा ड्रम ब्रेक उपलब्ध रहेको छ । अलोय ह्वीलमा आउने यो मोटरसाइकलमा अगाडि र पछाडि दुबै ह्वील १८ इन्चको दिइएको छ ।


Back_to_top