काठमाडौं । निसानले आफ्नो कम्प्याक्ट एसयूभी किक्सको बीएस ६ मोडल आगामी मे १५ मा सार्वजनिक गर्ने भएको छ । कम्पनीले अहिले किक्सका विभिन्न फिचरको जानकारी दिदै आएको छ ।
कम्पनीले नयाँ अटोमेटिक इन्जिन सहित पुरानो इन्जिनलाई समेत बीएस ६ मा परिमार्जन गरि बजारमा ल्याएको हो । निसानको १.५ लिटर नेचुरल्ली एस्पायर्ड इन्जिनको अलावा १.३ लिटर टर्बो पेट्रोल इन्जिन र १.३ टर्बो अटोमेटीकगरि तीन अप्सनमा उतार्ने भएको छ ।
यसमा रहेको १.३ लिटर टर्बो पेट्रोल इन्जिन सेग्मेन्ट कै शक्तिशाली इन्जिनमा आउने भएको छ । उक्त इन्जिनले अधिकतम १५६ हर्स पावर प्रदान गर्छ । साथै, १.५ लिटर इन्जिनले अधिकतम १०६ हर्स पावर प्रदान गर्नेछ । टर्बो इन्जिनमा आएको अटोमेटिकमा ८ स्टेप गियरबक्स दिइएको छ ।
कम्पनीले यसलाई एक्सएल, एक्सभी, एक्सभी प्रिमियम र एक्सभी प्रिमियम (अप्सनल) भेरियन्टमा बजारमा ल्याउने छ ।
कम्पनीले नयाँ किक्समा दिएको भेरियन्ट अनुसारको फिचर यस्ता रहेका छन् ।




