विश्वकै पुरानो मध्येको एक मोटरसाइकल उत्पादक कम्पनी रोयल इन्फिल्डले सन् अघि सारेको १४ नयाँ मोडल उत्पादनमा कम्पनी लागिरहेको जनाएको छ । कम्पनीले सन् २०१९ मा दुई वर्ष भित्र १४ नयाँ मोडल ल्याउने घोषणा गरेको थियो । तर, कम्पनीको यो घोषणामा कोरोना भाइरसको कारण धक्का लागेको छ ।
अहिले वार्षिक १० लाखभन्दा बढी मोटरसाइकल उत्पादन गर्दै आएको रोयल इन्फिल्डले वर्किङ समयको हरेक २ सेकेन्डमा एउटा नयाँ मोटरसाइकल उत्पादन गर्दै आएको छ । यस्तोमा कम्पनीेले नयाँ-नयाँ मोडल उत्पादन गरेर बजारमा ल्याउनुलाई नौलो विषय मान्न सकिदैन ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको कारण हरेक अटो कम्पनीले अगाडि सारेको आफ्नो प्लान संकटमा परेको छ । यस्तोमा रोयल इन्फिल्ड पनि यसबाट अछुतो रहन सक्दैन ।
कम्पनीले १४ वटा नै मोडल तत्काल उत्पादनमा भने ल्याउने छैन । कम्पनीले केही मोडलको उत्पादन र बिक्री तथा केही मोडलको प्रोटोटाइप बजारमा ल्याउने छ । यस्तोमा केही मोडलको थ्रिडी डिजाइन स्केच मात्रै पनि आउन सक्ने कम्पनीले जनाएको छ ।

