काठमाडौं । स्कोडाले करिब ४१ घण्टापछि भारतमा तीन नयाँ मोडल सार्वजनिक गर्ने भएको छ । स्कोडा इन्डियाले २६ मेमा सार्वजनिक गर्ने तीन मोडलमा कारोक एसयूभी, सुपर्ब फेसलिफ्ट र र्यापिड १.० टीएसआई हुन् ।
कम्पनीले यी सबै मोडल अनलाइन मार्फत सार्वजनिक गर्ने जनाएको छ ।
स्कोडाले नयाँ एसयूभी कारोकमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले १५० एचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ । यसमा ७ स्पिड डीएसजी अटोमेटिक गियरबक्स दिइएको छ ।
स्कोडाले कारोकमा भर्चुयल ककपिट डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सनरुफ, डुअल जोन क्लामेट कन्ट्रोल, नौ वटा एयरब्याग जस्ता फिचर उपलब्ध हुने छ ।
र्यापिडलाई भने कम्पनीले केही मेकानिकल परिवर्तन गरेर बजारमा ल्याउन लागेको हो । यसमा रहेको पुरानो १.६ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनलाई हटाएर नयाँ १.० लिटर इन्जिन दिएको छ । नयाँ टर्बो इन्जिनले ११० एचपी पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ ।
स्कोडाले सुपर्बमा भने धेरै परिमार्जन सहित बजारमा ल्याउन लागेको हो । कारमा नयाँ बम्पर, नयाँ एलईडी हेडल्याम्प, रिभाइज्ड फ्रन्ट ग्रिल जस्ता परिमार्जन गर्न लागेको हो ।
यस नयाँ कारमा पनि कम्पनीले इन्जिन परिवर्तन गरेको छ । यसमा २.० लिटर टर्बो पेट्रोल इन्जिन उपलब्ध रहने छ । नयाँ इन्जिनले १९० एचपी पावर प्रदान गर्ने छ । यसमा ७ स्पिड डुअल क्लच अटोमेटिक गियरबक्स दिइएको छ ।


