चर्चामा स्कोडाको इलेक्ट्रीक कार

कठमाडौं । भारतीय बजारमा हिजो मात्र तीन नयाँ गाडी सार्वजनिक गरेको स्कोडाले भारतीय बजारलाई केन्द्रमा राखेर इलेक्ट्री कार ल्याउने घोषणा गरेको छ । कम्पनीले ‘इन्याक अल इलेक्ट्रीक कार’ ल्याउने जनाएको हो ।

स्कोडा इन्डियाले भारतीय बजारमा हिजो नयाँ एसयूभी कारोक, सुपब र र्यापीड फेसलिफ्टको बिक्री सुरु गरेको हो ।

कम्पनीले ‘इन्याक अल इलेक्ट्रीक कार’को यूरोपियन बजारमा अहिले परिक्षण गरिरहेको छ । यो प्रिमियम इलेक्ट्रीक कारमा आधारित भएर कम्पनीले नयाँ कार भारतमा ल्याउने छ । तर, यूरोपियन बजारको तुलनामा भारतीय बजारको लागि आउने कार कम मूल्यको हुने अनुमान गरिएको छ ।

स्कोडाले ‘इन्डिया २.० प्रोजेक्ट’ अन्तर्गत रहेर नयाँ इलेक्ट्रीक कार ल्याउने अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । भारतको लागि बन्ने इलेक्ट्रीक कारमा फरक किसिमको व्याट्री प्याक र रेञ्ज रहने जनाइएको छ ।

नयाँ इलेक्ट्रीक कारको लागि आवश्यक पर्ने धेरै जस्ता पार्टसहरु भारतमा नै उत्पादन गर्ने योजना स्कोडाले बनाएको छ । जसको सहायताले भारतीय बजारमा इलेक्ट्रीक सवारीसाधनको क्षेत्रमा आफ्नो हिस्सा बढाउँदै लाने तयारीमा कम्पनी रहेको छ ।

स्कोडाले आगामी दिनमा इन्टरनल कम्बस्चन इन्जिन र इलेक्ट्रीक कारमा आफ्नो ध्यान केन्द्रीत गर्दै अगाडि बढ्ने योजना बनाएको छ ।


Back_to_top